रजनीलाई अर्को उपाधि

miss-rajaniकाठमाडौं– ईप्लानेट प्रालिको आयोजना भारतको नयाँ दिल्लीमा गत साता सम्पन्न मिस हेरिटेज इन्टरनेसल प्रतियोगिताअन्तर्गतको मिसेस हेरिटेज इन्टरनेसल २०१५ मा नेपालकी रजनी थापाले प्रमुख ताजलाई आफ्नो बनाएकी छिन्।

रजनीले यसअघि पनि अन्तराष्ट्रिय स्पर्धाहरूमा आफुलाई अब्बल साबित गर्दै आएकी छिन्। आयोजक संस्थाका अध्यक्ष सन्तोष सापकोटाका अनुसार प्रतिस्पर्धमा भारतकी डाक्टर शिवान्गिनी मलेटिया फस्ट तथा रसियाकी ओल्गा शेभेलेभा सेकेण्ड रनर्स अप भएका छन्।

कोरियोग्राफर रोजिन शाक्यको कोरियोग्राफी रहेको प्रतियोगिता भारतको दिल्लीस्थित अशोका कन्टि रिसोर्टमा सम्पन्न भएको थियो।