नेपाली युवती बलात्कार गर्ने ७ जना भारतीयलाई मृत्युदण्ड

jailफाइल फोटो: अदालत लैजानेक्रममा ८ अभियुक्त । तीमध्ये एकले आत्महत्या गरिसकेका छन् ।
काठमाडौं- बर्दियाको राजापुर मुलघर भएकी एक २८ वर्षीया युवतीको हरियाणाको रोहतकमा बलात्कारपछि हत्या भएको पुष्टि भएपछि उक्त अपराधमा संलग्न ७ जनालाई राज्यको विशेष अदालतले सोमबार मृत्युदण्ड सजाय सुनाएको छ ।

‘विशिष्ट प्रकृतिको घटना’का रुपमा लिँदै न्यायिक छानविन तथा अनुसन्धानमा प्राथमिकतामा राखिएको यो घटनामा ६६ जना साक्षी प्रमाणको ९ महिना लामो बयान लिइएको थियो ।

मानसिक रोगको उपचारका लागि बर्दिया, राजापुरबाट रोहतकमा रहेका आफन्तकहाँ आएकी २८ वर्षीया सुनार युवतीलाई स्थानीय भारतीय र नेपाली कामदारले नजिकैको जंगलमा लगेर जघन्य बलात्कार गरेका थिए । गत फेब्रुवरी १ मा रोहतकको चिनोयट कोलोनीबाट हराएकी युवतीको शव ४ दिनपछि बहु अकबरपुर गाउँको नाली छेउमा फेला परेको थियो ।फाइल फोटो: अदालत लैजानेक्रममा ८ अभियुक्त । तीमध्ये एकले आत्महत्या गरिसकेका छन् ।