परराष्ट्र सचिव बैरागीलाई लन्डनमा सम्मान(फोटो फिचर)

लन्डन– बेलायत भ्रमणमा रहेका नेपालको परराष्ट्र मन्त्रालयका सचिव शंकर दास बैरागीलाई लन्डनमा सम्मान गरिएको छ । गैरआवासीय नेपाली संघ बेलायत र पर्वत वेल्फेर सोसाइटीको संयुक्त आयोजनामा बिहीबार साँझ गोल्डेन सिप रेस्टुरेन्टमा सम्मान गरिएको हो ।

गैरआवासीय नेपाली संघ यूकेका महासचिव आर.के. त्रिपाठीले संचालन गरेको कार्यक्रममा बेलायतका लागि नेपाली राजदूत दुर्गाबहादुर सुवेदी,गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय समितिका उपाध्यक्ष कुल आचार्य,सोलिसिटर राजु थापा, दधि आचार्य ,डा मिन रानाभाट, ज्ञानराज राई,शेर सुनार लगायतले सम्बोधन गरेका थिए ।

गैरआवासीय नेपाली संघ युकेका योगकुमार फगामी अध्यक्षतामा सम्पन्न कार्यक्रममा पर्वत वल्फेयर यूके ले सहकार्य गरेको थियो कार्यक्रमलाई सम्बोधन गर्दै परराष्ट्र मन्त्रालयका सचिव बैरागीले बेलायतमा रहेर नेपाली भाषा कला संस्कृतिको संरक्षणमा योगदान दिने नेपालीहरुलाई धन्यवाद दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *