काठमाडौँ । २७ बषिर्या जिनोभेभा एनोन्मा एक कुशल महिला फुटबलर हुन् । उनले खेलमा एउटी महिला भएर जती सफलतालाई चुमेकी छन् ब्यत्गित रुपमा त्यति नै पिडादायी क्षण पनि भोगेकी छन। जसको उनले एक्लै सामना गरीरहेको बताइन् । बिबिसीसँगको एक अन्र्तवार्तामा जिनोभेभा भनिन् सन् २००८ मा आफ्नो देश इक्वेटोरियल गुएनालाई पहिलो अफ्रिकी महिला च्याम्पियनसीप फुटबलको उपाधि जिताएकी एनोम्नाले फाइनल खेलमा दक्षिण अफ्रिका बिरुद्ध निर्णायक गोल गरेपनी उनीमाथी लैंगिकताको प्रश्न उठाउँदै पुरुष भएको आरोप लगाइयो ।
सन् २०१२ की अफ्रिकन फुटबलर अफ दि इअर जिनोभिभाले आफुलाई अफ्रिकी फुटबल महासंघका अधिकारी तथा आफ्नो देशको टीमका अगाडि आफुलाई जिउका सबै लुगा फुकाल्न अह्राइएको समेत खुलासा गरेकी छिन् । उनले यस्तो दुब्यबहार आफुले मात्र नभोगी आफ्ना खेलाडी २ बहिनीले समेत भोगेको बताइन् ।
उनका अनुसार अफ्रिकी फुटबल महासंघले खेलाडिको लिंग छुट्टाउन उसको जिउ नांगो पारेर यौनांग हेर्ने निर्णय गर्नु नै एनोम्नाको यो पीडाको कारण थियो ।
एनोम्नाको यो घटना पहिलो होइन र उनीजस्तै अन्य धेरै प्रतिभाशाली फुटबल खेलाडिहरुले लैंगिकताको विषयमा यस्तै अपमान सहेका छन् । नाइजेरिया, साउथ अफ्रिका र घानाले यी तिन महिला खेलाडिहरु वास्तवमा पुरुष रहेको र गुएनाले पुरुष खेलाडिहरुलाई महिला भनेर मैदानमा उतारेको आरोप लगाएका थिए । उनको लिंग पहिचानका लागि अहिलेसम्म पनि कसैले चिकित्सकीय परीक्षण नगरेको उनले बताइन् । बिबिसी






