म्यड्रिड ड्रबे बराबरीमा

च्याम्पियन्स लिग फुटबलको गएराति सम्पन्न क्वार्टरफाइनल खेलमा घरेलु प्रतिद्धन्दी एट्लेटिको मड्रिड र रियाल मड्रिडले गोलरहित बराबरी खेलेका छन् । एट्लेटिकोको मैदानमा सम्पन्न खेलमा रियलका ख्याती प्राप्त स्ट्राईकर क्रिष्टीयानो रोनाल्डो, गारेथ बेल, करिम बेन्जीमाले एट्लेटिकाको बलियो डिफेन्सलाईन भत्काउन सकेनन् । च्याम्पीयन लिग क्वाटर फाईनलको दोश्रो लेग रियलको घरेलु मैदान बर्नाबेउमा हुने छ । अघिल्लो सिजनको च्याम्पीयन्स लिग फाईनलमा रियलले एट्लेटिकालाई पराजित गरि उपाधि उचालेको थियो । जारी सिजनको पछिल्लो ७ भेटमा रियलले एट्लेटिकालाई जित्न सकेको छैन । गएरातिकै अर्को खेलमा ईटालयन जुभेन्टसले मोनाक्को बिरुद्ध १–० गोलको जित हात पारेको छ । दोश्रो हाफको ५७ औं मिनेटमा पाएको पेनाल्टी सदुपयोग गर्दै जुभेण्टसका भिडालले टिमको जित निश्चित गर्नुभयो । च्याम्पीयन्स लिगमा स्पेनिस जाईन्ट बार्सिलोना र फेन्च लिडर पेरिस सेण्ट जर्मन बिच आज राती खेल हुदै छ । नेपाली समय अनुसार राती साँढे १२ बजे हुने खेल पि एस जिको घरेलु मैदानमा हुने छ ।