चिली, १६ असार । पाराग्वेविरुद्ध रवाफिलो जित निकाल्दै अर्जेन्टिना कोपा अमेरिका फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । बुधबार बिहान चिलीको इस्टर रोआ रंगशालाम भएको दोस्रो सेमिफमाइनलमा भिडन्तमा पाराग्वेमाथि गोल वर्षा गर्दै अर्जेन्टिना कोपा अमेरिकाको फाइनलमा पुगेको हो । आयोजक चिलीसँगको उपाधि भिडन्त पक्का गर्ने क्रममा अर्जेन्टिनाले पाराग्वेको पोस्ट्मा ६ गोल छिरायो । अर्जेन्टिनाका लागि खेलको १५ औं मिनेटमा लियोनेल मेस्सीको पासमा डिफेन्डर मार्कोस रोजोले गोलको खाता खोले ।
पाराग्वेविरद्ध अधिकांश समय आक्रमक खेल पस्केको अर्जेन्टिनाका लागि रोजोले गरेको १२ मिनेटपछि खेलको २७ औं मिनेटमा पुन: मेस्सीकै पासमा जाभियर पास्टेरोले अर्को गोल थपेर खेलमा दोहोरो अग्रता दिलाए । अर्जेन्टिनाले दोहोर अग्रता लिएपछि पेरुले खेलमा फर्कने कोशिस गर्यो । उसका लागि खेलको ४३ औं मिनेटमा लुकास बारियोसले ब्रुनो भाल्डेजको पासमा एक गोल फर्काए ।
पहिलो हाफ २-१ मा सकिएको अवस्थामा दोस्रो हाफमा अर्जेन्टिना झनै आक्रमक बन्यो । दोस्रो हाफको २ मिनेट नबित्दै जाभियर पास्टेरोको पासमा एन्जेल डि मारियाले अर्को गोल थपे । अग्रता तेहेरो पारेको अवस्थामा खेलको ५३ औं मिनेटमा पुन: डि मारियाले नै अर्को गोल गर्दै खेललार्इ ४-१ को अवस्थामा पुर्याए ।
त्यसपछि गोल गर्ने पालो थियो सर्जियो अग्वेरोको । अग्वेरोले खेलको ८० औं मिनेटमा डि मारियाका सटिक पासमा पाराग्वेका तीनजना डिफेन्डरलार्इ छल्दै हेडगोल गरे । गोल गरेपछि अग्वेरोलार्इ हिगुइनले विस्थापित गरे । ८१ औं मिनेटमा मैदान छिरेका हिगुइनले ८३ औं मिनेटमा पुन: लियोनेल मेस्सीकै पासमा गोल गर्दै अग्रता ६-१ मा पुर्याए ।
पाराग्वेविरुद्धको खेलमा तीनवटा गोलका अवसर मिलाएका अर्जेन्टाइन कप्तान लियोनेल मेस्सी आफैं भने गोल गर्न असफल रहे । समूह चरणमा खेलमा झिनो अन्तरको जित निकालेको अर्जेन्टिनाले पाराग्वेविरुद्ध आक्रमक खेल खेल्दा उसका स्ट्राइकर सफल भए । सन् १९९३ यता ठूलो उपाधि जित्न नसेको अर्जेन्टिनाले ४ जुलार्इमा चिलीसँग उपाधिका लागि भिड्नेछ । ब्राजिल विश्वकपमा जर्मनीलार्इ उपाधि सुम्पेको अर्जेन्टिना यो उपाधि जित्दै विश्वकपको घाउ मेटाउने योजनामा छ ।
अर्जेन्टिनाको रवाफिलो जितसँगै






