मुम्बाइ इण्डियन सात विकेटले पराजित

इन्डियन प्रिमियर लिग (आइपिएल)मा आज किंसइलाभेन पन्जाव र दिल्ली डियरडेभिल्स् बिच प्रतिस्पर्धा हुदैछ । खेल बुलेका सवा ८ बजेपछि पुणेको क्रिकेट मैदानमा हुनेछ । गएराति भएको खेलमा राजस्थान रोयल्स्ले मुम्बइ इन्डियन्सलाई ७ विकेटले पराजित गरेको छ । पहिले ब्याटिङ गरेको मुम्बईले १ सय ६५ रनको लक्ष्य दिएको थियो । राजस्थानले ३ विकेटको क्षतिमा पाँच बल बाँकि छँदै लक्ष्य भेट्टाएको हो ।