काठमाडौं, फाल्गुन १४ । सरकारले तेक्वान्दो खेलाडी संगीना वैद्यलाई १५ लाख नगदसहित सम्मान गर्ने भएको छ ।
मन्त्रिपरिषदको विहीबार बसेको बैठकले वैद्यले तेक्वान्दोमा नेपाललाई अन्तर्राष्ट्रियस्तरमा चिनाउन महत्वपूर्ण योगदान गरेको भन्दै सरकारले १५ लाख रुपैयाँसहित सम्मान गर्ने निर्णय गरेको हो ।

मन्त्रिपरिषद बैठकले कृषि अनुसन्धान परिषदको कार्यकारी निर्देशकमा यमराज पाण्डेलाई नियुक्त गर्ने निर्णयसमेत गरेको छ ।






