आर्मी फाइनलमा

बुटवल, २३ जेष्ठ  । बुटबलमा जारी १८औं तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगिताको फाइनल समीकरण पूरा भएको छ । दोस्रो सेमिफाइनल खेलमा शनिबार त्रिभुवन आर्मी क्लब विजयी भएसँगै फाइनल समीकरण पूरा भएको हो । आर्मीले झापा–११ लाई २–० ले पराजित गर्‍यो । आर्मीका लागि भरत खवास र जितेन्द्र कार्कीले एक–एक गोल गरे ।
क्वार्टरफाइनलमा झापाले नेपाल पुलिसलाई तथा आर्मीले धरान फुटबल क्लबलाई पराजित गरेको थियो । अब उपाधिका लागि आर्मीले सोमबार आयोजक रुपन्देही–११ सँग खेल्नेछ । शुक्रबार भएको पहिलो पहिलो सेमिफाइनलमा रुपन्देहीले भारतको दार्जिलिङ–११ लाई पराजित गरेको थियो ।