काठमाडौँ । नेपाली ब्याडमिन्टनका युवा स्टार प्रिन्स दाहाल एसियाकै उत्कृष्ट जुनियर खेलाडी घोषित भएका छन्। ब्याडमिन्टन एसियाले उनलाई उत्कृष्ट जुनियर खेलाडी घोषणा गरेको हो।
प्रिन्सका बारेमा संक्षिप्त परिचय दिदै एसिया ब्याडमिन्टनले वर्तमान अवस्थामा प्रिन्स नै एसियाली क्षेत्रको उत्कृष्ट युवा खेलाडी भएको जनाएको छ।
विश्व ब्याडमिन्टनको जुनियर वरियतामा प्रिन्स ७ औँ स्थानमा छन् । यो नेपालका युवा ब्याडमिन्टन खेलाडीले अहिलेसम्म प्राप्त गरेको ठूलो उपलब्धी हो।
ब्याडमिन्टन एसियाले हरेक हप्ता एसिया क्षेत्रका उत्कृष्ट खेलाडीको लेख सार्वजनिक गर्दछ। त्यसैअन्तर्गत यो साता नेपालका प्रिन्सको आलेख सार्वजनिक गरेको हो।
प्रिन्सले जुनियर स्तरमा दुई अन्तर्राष्ट्रिय उपाधि जितिसकेका छन् भने अन्य विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगिताहरु समेत खेलेका छन्।






