लन्डन– नेपाल पत्रकार महासंघ, बेलायतको अध्यक्षमा दोस्रो कार्यकालका लागि पुन: नरेश खपांगीमगर अध्यक्ष निर्वाचित भएका छन् ।
शनिबार अल्डरसटमा सम्पन्न शाखाको चौथो अधिबेसनले खपांगीमगरलाई निर्विरोध अध्यक्ष निर्वाचित गरेको हो । दूतावासका उपनियोग प्रमुख शरदराज आरणको प्रमुख आतिथ्यता तथा नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष गोविन्द आचार्य र महासचिव रमेश बिष्टको विशेष आतिथ्यतामा अधिवेशन भएको थियो ।
नेतृत्वलाई सर्वसम्मत बनाउन केही पदहरु थप गरिएको निर्वाचन समितिले जनाएको छ ।
वरिष्ठ उपाध्यक्षमा ध्रुवराज अर्याल र श्याम लुइँटेल निर्वाचित भएका छन् । उपाध्यक्षमा दिनेश परियार, लीलामान शेरपुञ्जा, विमला सेने, महासचिवमा सञ्जयभक्त कँडेल र उपमहासचिवमा नरेन्द्र बस्नेत चयन भए ।
सचिवमा लन्डन नेपाल न्यूज डट कमका प्रधान सम्पादक शिव भण्डारीसहित पूर्ण गुरुङ र जगन्नाथ कार्की, कोषाध्यक्षमा सिद्धार्थविक्रम क्षेत्री, सहकोषाध्यक्षमा रोशन राई ‘विनोद’ सर्वसम्मत निर्वाचित भए ।
सदस्यहरुमा बोमबहादुर थापा, नगेन्द्रराज नेम्वाङ, नरेश काङबाङ राई, सुरेन्द्र इंगनाम, तीर्थबहादुर मल्ल, गणेश खड्का, मञ्जु भण्डारी खरेल, विश्वासदीप तिगेल, जीवन सेन, खुसी लिम्बू र खेमराज रानाभाट सर्वसम्मत निर्वाचित भएका छन् ।







