अष्ट्रेलियाबाट नेपाल फर्काइदिने भन्दै नेपालीले नेपालीलाई गरे ठग्ने प्रयास

A Batik Air jetliner is parked on the tarmac before its departure to China at Soekarno-Hatta International Airport in Tangerang, Indonesia, Saturday, Feb. 1, 2020. The government-chartered jet departed Jakarta on Saturday to evacuate 250 Indonesian nationals from Wuhan. (AP Photo/Fadlan Syam)

तक्दीर अधिकारी

सिड्नी। नेपाली लाई जहाँ पनि ठगिने नै पिरलो । देश भित्र पनि सोझा साँझा नेपाली ठगिएकै छन् । विदेशमा पनि नेपालीले नेपाली लाई नै  ठग्ने र ठगिनेको चक्र घट्दो क्रमममा होइन बढ्दो क्रममा रहेको छ ।

कोरोना महामारीका कारण विभिन्न समस्यामा परेर नेपाल फर्किन खोजेका नेपाली माथि एनआरएनएको नाम बेचेर रकम माग गरिएको घटना बाहिरीएको छ। नेपाल जानका लागि सरकारी अनुमतिको पर्खाइमा रहेका नेपालीसँग एनआरएनएका नाममा अग्न्यात व्यक्तिबाट अवैध रकम माग गरिएको हो।
उक्त सुचनाको जानकारी पाएपछि एनआरएनए अष्ट्रेलियाले कसैलाई नगद रकम नदिन तथा ठगीबाट सावधान रहन नेपालीलाई अपिल गरेको छ। स्वदेश फर्किन चाहने नेपालीका लागि एनआरएनएले प्रक्रियागत रुपमा फारम भरेर  आफ्नो संस्थाको बैक खातामा मात्र सुरक्षित तरिकाले  टिकटको पैसा जम्मा गर्न लगाएर नेपाल फर्काउने गरेको भन्दै कहिलै पनि नगद माग नगर्ने बताएको छ। यदी कुनै व्यक्तिले फोन गरेर तथा विभिन्न माध्यमबाट स्वदेश फर्काइदिने प्रलोभनमा पारेर नगद माग गरेको खण्डमा सिधै प्रहरीलाई खबर गर्न पनि एनआरएनएले आग्रह गरेको छ। एनआरएनएले एक सुचना सार्वजनिक गर्दै आफ्नो संस्था तथा आफ्ना प्रतिनिधिले हवाई उडानका लागि सिट सुरक्षित गराउन कहिलै पनि यात्रु हरु लाई सिधै संपर्क नगर्ने जानकारी गराएको छ।
कसरी बाहिरीयो घटना ?
हवाई सिट सुरक्षित गराइदिने भन्दै केही व्यक्तिहरुले  रकम माग गरेको गुनासो आएपछि मात्र आफूहरुले यस घटनाका बारेमा थाहा पाएको एनआरएनएका कोषाध्यक्ष अनिल पोखरेल जानकारी दिए। उनले भने, नेपालीसँग हामी एनआरएनएका मान्छे हौँ, नगद देउ सिट मिलाइदिन्छौँ भनेका रहेछन्। यस बारेमा  केही व्यक्तिले हामीलाई रिर्पोट गर्नुभएको थियो। त्यसपछि मात्र हामीले यस बारेमा थाहा पाएका हौँ । पैसा माग्ने व्यक्ति पनि नेपाली नै रहेछन्। यस्तो संकटका बेला विपत्तिमा परेका नेपालीसँग अवैध रकम माग गर्न लागेको सुचना मिलेपछि सबैलाई सावधान रहन अपिल गरेको कोषाध्यक्ष पोखरेलले बताए। संस्थालाई बदनाम गराउने कामकोरोना महामारीको क्षतिलाई न्यूनिकरण गर्नका लागि सरकारदेखि विभिन्न संघसंस्थाले एनआरएनएलाई विश्वास गरिरहेका बेला एनआरएनएकै नाम बेचेर ठगी गर्न खोज्नु संस्थाको बदनाम गराउन खोज्नु हो एनआरएनए महिला संयोजक जानकी रिमाल पौडेल बताइन्।उनले भनिन्, एनआरएनएको विश्वासलाई ब्रेक गर्नका लागि केही समुहले  एनआरएनएको नाम बेचेर नगद माग गरेका हुनसक्छन्। यो को कुरा लाई चनाखो रुपले हेरिनु पर्छ। नेपाल फर्किनका लागि सरकारी अनुमतिको पर्खाइमा रहेका नेपालीसँग पैसा माग गरिएको छ ।

कुन नेपाली स्वदेश फर्किने तयारीमा छ भन्ने सुचना पैसा माग गर्ने व्यक्ति कहाँ कसरी पुग्यो भन्ने प्रश्न उठेको छ।
उक्त सुचना कसरी आयो र कहाँबाट आयो भन्ने बारे पत्ता लगाउने प्रयास भइरहेको एनआरएनए अष्ट्रेलियाका अध्यक्ष केशव कँडेलले बताए। सबै जानकारी संकलन भइसकेपछि मात्रै के गर्ने भन्ने कुराको निर्णय गरिने छ। उनले भने, उक्त सुचना कहाँबाट आयो र कसले भनेको हो भन्ने बारेमा अनुसन्धान गरिरहेका छौँ।

एनआरएनएले नेपालीलाई स्वदेश फर्काउने तयारी गरिरहेको र जाने तयारीमा रहेका नेपालीलाई सिट मिलाइदिने भन्दै नगद माग गरिएको सुचना प्राप्त भएको छ। तर अहिलेसम्म  कसले फँसाउन खोज्यो भन्ने बारेमा आफूलाई जानकारी नभएको एनआरएनए क्षेत्रिय संयोजक होम पाण्डेले बताए।

उनले भने, जो व्यक्ति एनआरएनएको प्रक्रियामा हुनुहुन्छ, यदी कारणबस उहाँहरु जान पाउनुभएन भने पनि त्यो पैसा फिर्ता हुन्छ। तर एनआरएनएभन्दा बाहिरका व्यक्तिले हवाई सिट मिलाइदिने नाममा  सामाजिक सञ्जालमा खाता नम्बर राखेर पैसा असुल गर्न खोजेको भन्ने सुचना आएको छ । यदी कुनै नेपाली त्यसरी ठगिनु भएको छ र उहाँले एनआरएनएमा केही प्रमाणसहित उजुरी गर्नुभयो भने त्यस्ता व्यक्तिलाई कारबाही गर्न सकिने पनि उनले बताए।