काठमाडौं, ६ वैशाख । हावाहुरीका कारण पाँचथर प्राङ्बुङमा एकै परिवारका तीनजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा प्राङबुङ–३ का ५२ वर्षीय श्रीप्रसाद खपाङ्गी, १७ वर्षीय छोरा मनोज र १९ वर्षीय भतिजा अनिष छन् । गएराति भारत सिक्किमको सोमबारे बजारबाट सामान किनेर फर्किदै गर्दा प्राङबुङ–६मा हावाहुरीका कारण ढलेको रूखले च्यापेर उनीहरुको मृत्यु भएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाई छ । यसैबीच, काठमाडौंको चाबहिलमा मिनि ट्रकको ठक्करबाट आज बिहान एक जनाको मृत्यु भएको छ । मिनि ट्रकको ठक्करबाट पशुपति बहुमुखी क्याम्पसमा अध्यायनरत २१ वर्षिय बालकुमारी दाहालको मृत्यु भएको प्रहरी प्रभाग गौशालाले जनाएको छ । सडक छेउमा हिडिरहेकी दाहाललाई बिहान पौने १० बजे बा १ ख ९११२ नम्बरको मिनि ट्रकले ठक्कर दिएको हो । दाहालको मृत्युपछि विद्यार्थी र स्थानीय बासिन्दाले गौशाला, चाबहिल क्षेत्र केहिबेर अवरुद्ध पारेका थिए ।
रुखले किचेर एकै घरका तीनको मृत्यु






