इस्लामाबाद, २ वैशाख । वरिष्ठ पाकिस्तानी अधिकारीहरु यमनमा जारी द्वन्द्वको विषयमा वार्ता गर्न लागि साउदी अरेबियाको भ्रमणमा गएको समाचार छ । साउदी अरेबियाले पाकिस्तानलाई युद्धक विमान, युद्धपोत र स्थल सेनाका आँैपचारिक अनुरोध गरेको पाकिस्तानका प्रतिरक्षा मन्त्री ख्वाजा असिफले संसदमा भन्नुभएको थियो ।
हुथी विद्रोही विरुद्धको लडाईमा सामेल भइदिन आग्रह गर्नको लागि साउदी अरेबियाका मन्त्रिपरषद्का एक मन्त्री तीन दिने भ्रमणको लागि साउदी अरेबिया पुग्नुभएको थियो । नवाज सरिफका कान्छो भाई पञ्जाव प्रान्तका प्रमुख मन्त्री साहवाज सरिफ साउदी अरेबिया गएको सो प्रतिनिधि मण्डलको नेतृत्व गर्नुभएको बताइएको छ ।
पाकिस्तानको प्रधानमन्त्री नवाज सरिफले सोमबार यमनका राष्ट्रपति यमनी राष्ट्रपति आबेद रब्बो मन्सुर हादीसँग फोन वार्ता गर्नुभएको छ । प्रधानमन्त्रीले गर्नुभएको एक सम्बोधनमा साउदी अरेबियाको नेतृत्वमा यमनमा हुथी विरुद्धको लडाईमा पाकिस्तानी सैनिकले सहयोगको कु््नै सङ्केत गर्नुभएको छैन् ।
पाकिस्तानी अधिकारी साउदी अरेबियामा






