राष्ट्रियसभामा बेपत्ता पारिएका व्यक्तिसम्बन्धि दोश्रो सशोधन विधेयक पेस

????????????????????????????????????

सरकारले वेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग (दोश्रो सशोधन) विधेयक २०७५ लाई राष्ट्रियसभा बैठकमा पेस गरेको छ ।

राष्ट्रियसभाको आइतबार बसेको बैठकमा सरकारका तर्फबाट कानून न्याय तथा संसदीय मामिला मन्त्री भानुभक्त ढकालले विधेयक पेश गरेका हुन् ।

विधेयक पेस गर्न अनुमति माग्ने प्रस्तावमाथि कुनै पनि विरोधको सूचना परेको थिएन ।

विधेयक पेश भएपछि सभाअध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले पूर्वकार्यसूची २, ३ ,४ र ५ कार्यसुचीबाट हटाइएको जानकारी गराउँदै बैठक दश मिनेट पछि बस्ने गरि स्थगित गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *