लण्डन । चार हस्तापछि बेलायतमा आजबाट लकडाउनको अन्त्य हुने भएको छ । तर पनि लाखौँ मानिसहरुले प्रतिबन्धहरु हटेको महसुस गर्न भने पाउने छैनन ।
नोभेम्बर ५ अघि सम्म देशमा रहेका प्रतिबन्धहरु अहिले पनि जारी रहने भएका हुन् । तीन तहमा प्रतिबन्धहरु विभिन्न क्षेत्रहरुमा लगाइने भएको छ । सबैभन्दा कम प्रतिबन्धहरु द इजल अफ वेट, कोर्नवाल, र इजल अफ स्किलीमा लगाइने भएको छ ।
५७ प्रतिशत क्षेत्रमा दोस्रो तहको प्रतिबन्ध लगाइएकोे छ । जहाँ पवहरु पूर्ण रुपले खुल्न पाउने छैनन् । पवहरुले अल्कोहल र थोरै खाना मात्र विक्री गर्न पाउनेछन् ।
त्यस्तै तेस्रो तहको प्रतिबन्ध लगाइएका ठाँउहरुमा रहेका पब तथा रेष्टुरेन्टहरुले टेकअवेकोे काम मात्र गर्न पाउने भएका छन् । प्रधानमन्त्री बोरिस जोन्सनले सर्वसाधारणहरुले कम्प्लेन गरेको भएपनि प्रतिबन्धहरु कायम नै रहने बताए । उनले आगामी दिनमा लगाइने प्रतिबन्धहरुको निर्णय गर्न अन्य विभिन्न अवधारणाहरुको अबलम्बन गरिने समेत बताए ।
कम संक्रमण दर भएको ठाँउहरुमा कम प्रतिबन्धहरु लगाइने भन्दै उनले भने, ‘हामी कोरोना नियन्त्रणको लागि स्थानीय प्रयास र उपलब्धिहरुलाई मध्यनजर गर्दै अत्यन्तै संवेदनशिल रहेका छौँ ।’
कहिले अन्त्य हुन्छ लकडाउन ?
यी निर्णयहरु हरेक मध्यराती विश्लेषण गरिनेछ । प्रधानमन्त्री जोन्सनले हरेक दिनका कामहरु हेर्दै लकडाउनको निर्णाय गर्ने जनाए । उनका अनुसार फेब्रअरी २ पछिसम्म लकडाउन राख्ने या नराख्ने भन्ने विषयमा मतदान प्रक्रिया अघि बढाइने भएको छ । स्थानीय मेट्रो पत्रिका अनुसार मंगलबार भएको मतदानमा लकडाउन हटाएपनि प्रतिबन्ध लगाउने पक्षमा निर्णय भएको थियो । यसअघि प्रधानमन्त्रीले क्रिसमसको समयमा कोरोना नियन्त्रण बाहिर गएको खण्डमा फेरी देशव्यापी लकडाउन गर्ने चेतावनी दिएका थिए ।
मेट्रोका अनुसार के गर्न पाइन्छ के गर्न पाइदैन







