लण्डन । भारतले लगाएको नाकाबन्दीका कारण नेपालमा उत्पन्न औषधि लगायतका अत्यावश्यक सामग्रीको अभावलाई मध्यनजर गर्दै एनआरएनले सहयोग गर्ने भएको छ ।
एनआरएनले १० करोड रुपिया संकलन गरेर ती सहयोग सामग्री नेपाल पठाउने निर्णय आइतबार बसेको कार्यसमिति बैठकले गरेको छ ।
संघका महासचिव डा. बद्री केसीका अनुसार औषधि, लगायत अत्यावश्यक समान नेपालमा अभाव भएकाले गैरआवासीय नेपालीको तर्फबाट सक्दो सहयोग गर्ने उद्देश्यले १० करोड रुपैयाँको औषधिलगायतका सामग्री विभिन्न अस्पतालमा पुर्याउने तयारी गरिएको हो।
जस्का लागि एनआरएन अध्यक्ष शेष घले ५० लाख, जमुना गुरुङ ५० लाख, भवन भट्ट २० लाख, कुमार पन्त १० लाख, एसी शेर्पा ५ लाख, कुल आचार्य ५ लाख, सोनाम लामा ५ लाख, दावा शेर्पा (जर्मनी) पचास हजार, डा. बद्री केसी (रसिया) एक लाख, एनआरएन महिला फोरम एक लाख, सपिला राजभण्डारी (रसिया) ३० हजार, रजनी प्रधान बेल्जियम ३० हजार, डिबी क्षेत्री (ओमन) २० हजार, महेन्द्र लम्साल (अस्ट्रेलिया) १ लाख, प्रेमबहादुर गुरुङ (बेल्जियम) ५० हजार, रमेश जोशी (अस्ट्रेलिया) ५० हजार रुपैयाँ सहयोगको घोषणा गरेका छन् ।
केसीका अनुसार यूरोप, अमेरिका, ओसियाना, एशिया क्षेत्रबाट दुई दुई करोड र बाँकी क्षेत्रबाट २ करोड रुपैयाँ जम्मा गर्ने एनआरएनको योजना छ।






