लन्डन | लन्डनमा नेपाली व्यवसायीद्वारा सञ्चालित एक रेष्टुरेण्टको सेफ ले हस्पिटालिटी क्षेत्रको एउटा उत्कृष्ट अवार्ड प्राप्त गरेका छन । लन्डन ब्ल्याकहिथस्थित एभरेष्ट इन रेष्टुरेन्टमा कार्यरत नेपाली सेफ शन्कर पाण्डेले करी लाइफ अवार्ड प्राप्त गरेका हुन । लन्डन हिल्टन होटलमा आयोजित विशेष समारोहबीच रेस्टुरेन्टका सेफ शन्कर पाण्डेलाई उक्त अवार्ड प्रदान गरियो ।
विशिष्ट पाहुनाहरुको उपस्थितिमा उनले अवार्ड ग्रहण गरे ।स्वाधिस्ट खाना र पेशाप्रति निरन्तर लगावका कारण सफलता मिलेको पाण्डेको विश्वास छ ।कामप्रतिको निरन्तर लगाव नै सफलताको कारक बन्दो रहेछ, यो प्राप्तिलाई पनि मैले त्यहि रुपमा लिएको छु,’ पाण्डेले भने । व्यवसायका लागि यो अत्यन्तै खुसीको क्षण भएको एभरेष्ट इनका निर्देशक यादव भण्डारीले बताए ।बेलायतमा रहेका करीब आठ हजार इण्डियन रेस्टुरेण्टहरु मध्ये नेपाली र इण्डियन परिकारहरु पस्किने दुई सय भन्दा बढी रेस्टुरेण्ट नेपाली व्यवसायीद्वारा संचालित छन। नेपाली स्वादप्रति बेलायतीको क्रेज बढदै गरएकाले रेस्टुरेण्ट व्यवसायको रुपमा धेरै नेपाली सफल र स्थापित बन्दै गईरहेका छन्। यहाँका नेपाली रेस्टुरेण्ट बिदेशमा स्वदेशी खानाका परिकार मार्फत् देशको पहिचान झल्काउने माध्यम समेत बन्ने गरेका छन ।






