एनआरएन कोषाध्यक्ष थापाको कबिता सङ्ग्रह ‘चिबोकका केटीहरु’ सार्वजनीक गरिदैं

लन्डन । एनआरएन कोषाध्यक्ष हिक्मत थापाको कविता सङ्ग्रह ूचिबोकका केटीहरु सार्वजनीक हुने भएको छ । थापाको कवितासंग्रह आगामी अक्टोबर १३ गते काठमाडौंमा सार्बजनिक गरिने थापाले जानकारी दिए ।

थापाका अनुसार नाइजेरियाको बोर्नो राज्यको चिबोकबाट सन २०१४ को अप्रिल १४ मा एक स्कुलबाट बोकोहराम आतंककारी बाट अपहरित २७६ स्कुले छात्राहरु माथी लेखिएको शिर्ष कविताको शिर्षकबाट नै यस संग्रहको नाम राखिएको छ ।

सङ्ग्रहमा थापाका चालिसका दशक देखि लेखिएका प्रतिनिधिमुलुक कबिताहरु अटाएका छन । कविताहरु रास्ट्रप्रेम , प्रबासी पीडा र कबिको सौन्दर्य चेत ले भरिपुर्ण छन । कविता सङ्ग्रहको प्रकाशक साङ्रीला बुक रहेको छ भने सम्पादन सुबिद गुरागाईले गरेका छन ।