लन्डन– बेलायतको वेष्ट मिडल्यान्ड क्षेत्रमा बसोबास गर्ने नेपालीहरुको संस्था हाम्रो नेपाली समाजमा नयाँ नेतृत्व चयन भएको छ । सोमबार भएको समाजको दोस्रो अधिवेशनले शिव खरालको अध्यक्षतामा सर्वसम्मत कार्यसमिति चयन गरेको हो । नयाँ कार्यसमितिको उपाध्यक्षमा श्रीमती गोमा पौडेल, महासचिवमा डा कृष्ण सापकोटा, सचिवमा भीम शर्मा, कोषाध्यक्षमा रामचन्द्र सुवेदी र सहकोषाध्यक्षमा तेज खत्री निर्वाचित भए ।
ईन्द्र रिजाल, ज्योती भट्टराई, श्रीराम कार्की, रिता भण्डारी, रिमा सापकोटा, लिला खत्री, कमल आचार्य, भरत खत्री, गिता दुवाडी, कृष्ण खत्री र सागर गैरे सदस्यमा चयन भएका छन् । सल्लाहकारमा बिन्दु सापकोटा, गुरुप्रसाद भण्डारी, मिलन सापकोटा, राम भट्टराई , महेन्द्र थापा, आनन्द पौडेल, ईश्वर सापकोटा, विष्णु लामिछने, कुमार पाण्डे, नवराज नेउपाने, लक्ष्मी सुवेदी, लक्ष्मी खराल, नगेन्द्र खड्का, सुरेश भण्डारी र नारायण कँडेल लगायतलाई मनोनित गरिएको छ ।
वेष्ट मिडल्याण्ड क्षेत्रका नेपालीहरुको साझा संस्थाका रुपमा हाम्रो नेपाली समाज सन् २००७ मा स्थापित भएको थियो । संस्थामा ९० नेपाली परिवार सदस्य रहेका छन् ।







