गुल्मीमा ट्रयाक्टर दुर्घटना, ४ जनाको मृत्यु

Accident11

गुल्मी- गुल्मीको हस्तिचौर गाविसमा सोमबार राति भएको ट्रयाक्टर दुर्घटना चारजनाको मृत्युभएको छ ।

दुर्घटनामा परी मृत्युहुनेमा ट्रयाक्टर चालक हस्तिचौर गाविस– ६ का १९ वर्षीय वैकुण्ठबहादुर मुखिया, सोही गाविस– ३ निवासी ६५ वर्षीय तीर्थबहादुर खत्री, ५८ वर्षीय चन्द्रबहादुर कुँवर र २६ वर्षीयका जुद्ध मुखिया रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

सो दुर्घटनामा परी एकजना घाइते बनेका छन् । घाइतेको अहिले जिल्ला अस्पताल तम्घासमा उपचार भइरहेको बताइएको छ । सदरमुकाम तम्घासदेखि खुद्रा सामान बोकेर हस्तिचौरतर्फ जाँदै गरेको लु२त ४८३१ नंको ट्रयाक्टर सोमबार राति सोही गाविस– ३ स्थित कालाखोला भन्ने ठाउँमा दुर्घटना भएको हो ।

दुर्घटनाका कारण भने खुल्न सकेको छैन । दुर्घटना भएको ट्रयाक्टर सडकबाट ५०० मिटर तल भिरमा खसेका कारण स्थानीयवासी र प्रहरीलाई उद्धारमा कठिनाइ भएको प्रहरीले जनाएको छ ।