चिसोसँगै ५ जनामा स्वाइन फ्लु देखियो

swine flu
काठमाडौं- चिसोसँगै रघाखोकीका विरामीको संख्या बढ्नुका साथै स्वाइन फ्लुको संक्रमणसमेत देखिएको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रगोगशालाको प्रतिवेदनअनुसार एक सातायता ५ जनामा स्वाइन फ्लुको संक्रमण देखिएको हो ।

सक्रमण शंका गरिएको परीक्षणमा स्वाइन फ्लु देखिन सुरु भएको प्रयोगशालाका निर्देशक डाक्टर गीता शाक्यले भनिन् ।