जलविद्युतमा लगानी गर्ने हाे ? २ अर्बको सेयर खुल्याे

काठमाण्डाै १२ कार्तिक ।  जलविद्युत लगानी तथा विकास कम्पनीको २ अर्बको साधारण शेयरको आवदेन विहिबारदेखि खुलेको छ । कम्पनीको शेयर रजिष्ट्रार नागरिक लगानी कोष तथा सह रजिष्ट्रार एनएमबी क्यापीटल र एनसीएम मर्चेण्टले मुलुकभरका ३० वित्तीय संस्थाका ४० केन्द्रबाट आवेदन दिने व्यवस्था मिलाएका छन् । जलविद्युत क्षेत्रमा अहिले सम्मकै ठुलो परिमाणको साधारणशेयर निष्काशन गरिएको भएपनि पहिलो दिन भने आवेदकहरको चाप कम देखिएको छ ।

लगानीकर्ताले प्रतिकित्ता सय रुपैंयाका दरले न्युनतम ५० कित्ता अर्थात ५ हजार रुपैंयादेखि देखि अधिकतम ५० लाख कित्ता अर्थात ५० करोड रुपैंयासम्मका लागि आवेदन दिन सक्ने छन् । नागरिक लगानी कोष र नबिल इन्भेष्टमेण्ट बैंकङमा आवेदन दिनेले चेक खिच्नुपर्ने छ । अन्य स्थानमा नगद र चेक दुवै बुझ्ने व्यवस्था मिलाइएको छ ।

नकाबन्दीको असरले सार्वजनिक सवारीका साधन असहज हुदा दशैं मनाउन गएका लगानीकर्ताहरु आ आफ्नो कार्यक्षेत्रमा नफर्कीसकेकाले पनि पहिलो दिनमा आवदेकहरुको उपस्थीति पातलो देखिएको छ ।

त्यस्तै कम्पनीले आवेदनकेन्द्रहरुबाट विहिबारबाट मात्रै आवेदन लिने भएपनि मंगलबार देखिनै आवेदन फर्म वितरण गरेकाले पनि पहिलो दिन आवदेकहरु उपस्थीति पातलो देखिएको हो । साथै विहिबार विहानै झरीपरेका कारण पनि लगानीकर्ताहरु लाईनमा पुगेका छैनन् ।

अर्कोतर्फ कम्पनीले आवदेन दिने म्याद कात्तिक १६ गतेबाट ३ दिन थपेर १९ गतेसम्म पुर्याएकाले पनि पहिलो दिन आवेदनकर्ताहरु कम देखिएका हुन् । मुलुकभरका ३० वित्तीय संस्थाका ४० केन्द्रबाट आवेदन दिने व्यवस्था मिलाईएकाले पनि पहिलो दिन आवेदकहरुको चाप देखिएको छैन् । बुधबार बेलुकासम्मनै अधिकाशं फर्महरु लगानिकर्ताले उठाईसकेकाले पनि विहिबार फर्म बुझाउने आवेदक नभएपनि फर्म लिनेमात्र भएकाले विहिबार चाप कम देखिएको हो ।

 

 

कहाँ कहाँबाट दिन सकिन्छ आवेदन ?

कम्पनीले उपत्यकामा २२ केन्द्रबाट आवेदन दिने व्यवस्था मिलाएको छ ।

१) नागरिक लगानी कोष, नयाँ बानेश्वर
२) एनसीएम मर्चेण्ट बैंकिग, कमलपोखरी
३) एनएमबी क्यापीटल, बबरमहल
४) नेपाल एक्सप्रेस फाइनान्स, सुन्धारा
५) जेविल्स फाइनान्स, न्युरोड
६) सिभिल क्यापीटल, काठमाण्डौं प्लाजा, कमलादी
७) सेन्ट्रल फाइनान्स, कुपण्डोल
८) सगरमाथा फाइनान्स, मानभवन
९) इन्टरनेशनल लिजिंग एण्ड फाइनान्स, नयाँ बानेश्वर
१०) लक्ष्मी क्यापीटल, नयाँ बानेश्वर
११) एनआइबीएल क्यापीटल, लाजिम्पाट
१२) इन्टरनेशनल डेभलपमेण्ट बैंक, टेकु
१३) यती डेभलपमेण्ट बैंक, दरबारमार्ग
१४) यती डेभलपमेण्ट बैंक, भक्तपुर
१५) रिलायन्स फाइनान्स, प्रदर्शनी मार्ग
१६) सिद्धार्थ क्यापीटल, बबरमहल
१७) काठमाण्डौं फाइनान्स, डिल्लीबजार
१८) ग्लोबल आइएमई क्यापीटल, नाचघर, जमल
१९) ग्रोमर मर्चेण्ट बैंकिंग, दरबारमार्ग
२०) एस क्यापीटल, हात्तीसार
२१) नबिल इन्भेष्टमेण्ट बैंकिंग, नक्साल
२२) एपेक्स डेभलपमेण्ट बैंक, दरबारमार्ग ।

एनएमबी क्यापीटलको कार्यालय नक्सालमा सर्ने क्रममा रहेकाले क्यापीटलले बबरमहल र नक्साल स्थित साविकको प्रुडेन्सियल फाइनान्स रहेको भवनमा रहेको एनएमबी बैंकबाट पनि आवेदन भर्ने व्यवस्था मिलाएको छ ।

कम्पनील उपत्यका बाहिरका १८ स्थानबाट आवेदन दिने व्यवस्था मिलाएको छ ।

१) नागरिक लगानी कोष, पोखरा
२) सहयोगी विकास बैंक, जनकपुर
३) मेट्रो डेभलपमेण्ट बैंक, न्युरोड, पोखरा
४) इन्टरनेशनल लिजिंग एण्ड फाइनान्स, दांङ
५) सिद्धार्थ डेभलपेण्ट बैंक, नेपालगञ्ज
६) त्रिवेणी विकास बैंक, धरान
७) त्रिवेणी विकास बैंक, चितवन
८) त्रिवेणी विकास बैंक, बीरगञ्ज
९) इन्टरनेशनल डेभलपमेण्ट बैंक, बिराटनगर
१०) इन्टरनेशनल डेभलपमेण्ट बैंक, पोखरा
११) यती डेभलपमेण्ट बैंक, इटहरी
१२) यती डेभलपमेण्ट बैंक, बिर्तामोड
१३) यती डेभलपमेण्ट बैंक, हेटौंडा
१४) सिर्जना फाइनान्स, बिराटनगर
१५) सेवा विकास बैंक, बुटवल
१६) अरनिको डेभलपमेण्ट बैंक, धुलिखेल
१७) मुक्तिनाथ विकास बैंक धादिङ
१८) एपेक्स डेभलपमेण्ट बैंक, सुर्खेत ।

इक्रा नेपालले जलविद्युत लगानी तथा विकास कम्पनीको शेयरलाई ग्रेड ३ रेटिंग दिए पछि नेपाल धितो पत्र बोर्डले अनुमति दिएको छ । शेयर निष्काशनका लागि कम्पनीले नागरिक लगानी कोषलाई गत पुसमै शेयर निष्काशन तथा बिक्रि प्रबन्धक नियुक्त गरेको थियो ।

२०६८ साउनमा स्थापना भएको कम्पनीको अधिकृत पूँजी ५० अर्ब, जारीपूँजी १० अर्ब तथा चुक्तापूँजी ८ अर्ब रुपैयाँ रहेको छ । चार वर्षअघि स्थापना भएको कम्पनीले आफ्नो निर्धारित चुक्ता पूँजी १० अर्ब पु¥याउन सर्वसाधारणलाई २ अर्ब रुपैंया बराबरको शेयर जारी गरेको हो ।
कम्पनीमा सरकार, कर्मचारी सञ्चय कोष, राष्ट्रिय बिमा संस्थान र नागरिक लगानी कोषको लगानी छ । कम्पनीले २० देखि ८२ मेगावाटसम्मका गरी २ सय ७१ मेगावाट बराबरका विभिन्न ८ वटा जलविद्युत आयोजनाहरुमा लगानी गरेको छ । यी आयोजनाहरुमा मात्र ४३ अर्ब रुपैयाँ बराबरको लगानी हुने कम्पनीले जनाएको छ । यी आयोजनाहरु सन् २०१७ सम्ममा सम्पन्न भईसक्ने कम्पनीले जनाएको छ ।