भरत पाण्डेय
काठमाण्डाै १२ कार्तिक । काठमाण्डौमा रगतको अभाव देखिएको छ । भारतको नाकाबन्दीको कारण काठमाण्डौका अस्पत्तालहरुमा रगतको चरम अभाव भएको हो । 
चाडबाडको बेला भएकोले उपत्यकामा रहेका अधिकांँस रक्तदाताहरु उपत्यकाबाहिर गएको र नाकाबन्दीका कारण रक्तदाताहरु रक्तदानका लागि पुग्न नसक्दा रगत अभाव भएको हो । उपत्यकाका धेरै अस्पत्तालहरुमा रगत आपूर्ति गर्दै आएको भृकुटिमण्डपस्थित रक्तसंचार केन्द्रमा सबै प्रकारका रगतको अभाव भएको छ । दैनिक ४ सय यूनिट सम्म रगत संकलन गरी उपलब्ध गराउँदै आएको रक्तरञ्चार केन्द्रमा अहिले रगतको एकदम समस्या परेको केन्द्रका केन्द्रका जनसम्पर्क अधिकृत सन्देश थापाले बताए । ‘ओ पोजेटिभ र एवि पोजेटिम लगभग शुन्य नै छ ।’ थापाले भने ‘सामान्य अवस्थामा भन्दा अहिले अन्य सबै समूहको रगतको अभाव छ ।’
केन्द्रले हरेक वर्ष दँशै तिहार लगायतका चाडबाडको समयमा आवस्यक पर्ने रगतको लागि पहिल्यै शिविर सञ्चालन गरेर रगत संकलन गर्ने गथ्र्योँ । तर यसपटक ईन्धन अभावका कारण रक्तदाताहरु संकलन केन्द्रमा पुग्न नसक्दा आवस्यक मात्रामा रगत संलन गर्न नसकिएको केन्द्रले जनाएको छ । ‘दँशैमा हामीले जहिले पनि संकलन कार्यक्रम राखेर रगत संकलन गथ्र्यौ र सजिलो हुन्थ्यो ।’ रक्तसञ्चार केन्द्रका निर्देशक डा. मनिता राजकर्णिकारले भनिन् ‘तर यसपटक ईन्धन अभावका कारण संकलन गर्न नसकेपछि अहिलेको सिचुएसनको कारणले गर्दा रगतको स्टक अभाव छ ।’
उनका अनुसार पहिला २ सय पिण्टको अपेक्षामा सञ्चालन गरीने शिविरमा एक सय ८० देखि नब्बे पिण्ट सम्म संकनल हुने गरेपनि अहिले जम्मा ३०÷४० पिण्ट मात्र संलन भएकोले अभाव भएको उनले बताईन । दँशैको समयमा सञ्चालन गरीएका रक्त संकलन शिविरमा दाताहरु नआएपछि कतिपय शिविरहरु स्थगीत गर्नुपर्ने अवस्था आएको उनको भनाई छ । ‘ईन्धन अभावले रक्तदाता नै आउँदैनन्’ उनले भनिन् ।
अस्पत्तालहरुमा रगत अभाव भएपछि विरामीका आफन्तले विभीन्न संग संस्था गुहार्ने गरेका छन् । युथ फर ब्लड काठमाण्डौ शाखाको मोवाईलमा दैनिक ६० देखि ७० कल सम्म रगतको लागी फोन आउने गरेको अभियन्ता र्पकृति अधिकारीले बताए । ‘रगतको चरम अभावका कारणले बिरामीो आफन्तहरूलाइ चाहीएेको रगत जुटाउन सकस परीरहेको छ ।’ उनले भने ‘चाडवाडको कारणले गर्दा रक्तदाताहरू उपत्यका बाहिर रहनु भएको र उपत्यकामा रहनु हुनेलाइ पनि सवारी साधन नचलेको कारणले रक्तदान गर्ने स्थान सम्म पुग्न गाह्रो हुँदा रक्तदातामा निकै कमी आएको छ ।’
रेडक्रसले ६ घण्टा सम्मको स् वच्छ रगत देखि ३५ दिनसम्म स्टक राखेको रगत उपलब्ध गराउँदै आएको छ । यसबाहेक उपत्यकामा विभीन्न ठूला अस्पत्तालहरुले आफै रगत संकलन गरी उपलब्ध गराउने गरेका छन् । तर अहिले बन्दका कारण सबै ठाउँमा रगत अभाव छ ।
राजधानीमा धेरै रगत संकलन गरी उपलब्ध गराउँदै आएको केन्द्रिय रक्तरञ्चार केन्द्रले उपत्यकामा दैनिक औषत कति रगत आवस्यक पर्छ भन्ने कुराको भने जानकारी आफूलाई नभएको बताएको छ ।






