पूर्व प्रधानसेनापति गौरव शम्शेर जंगबहादुर राणा बेलायतका लागि राजदूत सिफारिस

लन्डन ।पूर्व प्रधानसेनापति गौरव शम्शेर जंगबहादुर राणा बेलायतका लागि राजदूत सिफारिस भएका छन्।शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले प्रस्तावित राजदूतहरूको नाम अनुमोदन गरेको हो।

पूर्वप्रधानसेनापति गौरव शम्शेर जङ्गबहादुर राणा नेपाल सेनाका उच्च पदस्थ अधिकारी (Former Chief of Army Staff) हुन्। उनी नेपाली सेनामा लामो समय सेवा गरी प्रधानसेनापति (Army Chief) सम्म पुगेका व्यक्ति हुन्।सरकारले उनलाई बेलायत (United Kingdom) का लागि प्रस्तावित राजदूत को रूपमा सिफारिस गरेको छ, उनी सेनाको शीर्ष नेतृत्वबाट आएका अनुभवी पूर्व सैन्य प्रमुख हुन्, जसलाई अब कूटनीतिक प्रतिनिधि (राजदूत) का रूपमा बेलायत पठाउने प्रस्ताव गरिएको हो।

त्यस्तै-मन्त्रिपरिषद्को निर्णयअनुसार भारतका लागि डा. निश्चलनाथ पाण्डे, चीनका लागि डा. कल्याणराज शर्मा र संयुक्त राज्य अमेरिकाका लागि चिरनजंग थापा राजदूतमा सिफारिस भएका छन्। जापानका लागि जिग्यानकुमार थापा, इजरायलका लागि सुरेशकुमार कर्ण र स्पेनका लागि प्राप्ति शेरचनको नाम सिफारिस गरिएको छ।

यसैगरी जर्मनीका लागि शारू जोशी, ओमानका लागि डा. पद्माक्षी राणा, मलेसियाका लागि चूडामणि खरेल, दक्षिण कोरियाका लागि प्रा. डा. संगम श्रेष्ठ, श्रीलंकाका लागि डा. मञ्चल झा र साउदी अरेबियाका लागि गिरीबहादुर सुनारलाई राजदूतका रूपमा सिफारिस गर्ने निर्णय मन्त्रिपरिषद्ले गरेको छ।

सिफारिस गरिएका नामहरू अब संसदीय सुनुवाइका लागि पठाइने छन्। सुनुवाइपछि अग्रिमो (एग्रिमाँ) प्राप्त भएपछि राष्ट्रपतिबाट औपचारिक नियुक्ति हुने प्रक्रिया अघि बढ्नेछ।

नेपालले सन् १९३४ देखि बेलायतमा कूटनीतिक प्रतिनिधि पठाउन थालेको हो। राणा शासनदेखि गणतन्त्रसम्म विभिन्न २३ जना राजदूतहरूले नेपाल–बेलायत सम्बन्धलाई नेतृत्व गरेका छन्।

१ देखि २३ औँ राजदूतहरूको क्रमबद्ध सूची

1. बहादुर शम्शेर जंग बहादुर राणा
2. कृष्ण शम्शेर जंग बहादुर राणा
3. सिंह शम्शेर जंग बहादुर राणा
4. केसर शम्शेर जंग बहादुर राणा
5. शंकर शम्शेर जंग बहादुर राणा
6. दमन शम्शेर जंग बहादुर राणा
7. राम प्रसाद मानन्धर
8. काली प्रसाद उपाध्याय
9. ईश्वरी राज मिश्र
10. उपेन्द्र बहादुर बस्न्यात
11. किरण शम्शेर राणा
12. झरेन्द्र नारायण सिंह
13. ईश्वरी राज पाण्डे
14. भरत केशर सिंह
15. सूर्य प्रसाद श्रेष्ठ
16. सिंह बहादुर बस्न्यात
17. प्रबल सम्शेर जंग बहादुर राणा
18. मुरारी राज शर्मा
19. सुरेश चन्द्र चालिसे
20. दुर्गा बहादुर सुवेदी
21. लोक दर्शन रेग्मी
22. ज्ञान चन्द्र आचार्य
23. चन्द्र कुमार घिमिरे

Leave a Reply

Your email address will not be published. Required fields are marked *