सिड्नीमा ‘सेलो साँझ २०२६’ हुँदै, जितु लोप्चन र विश्व दोङको प्रस्तुति रहने

सिड्नी । तामाङ सेलो संगीत, कला तथा संस्कृतिको प्रवर्द्धन गर्ने उद्देश्यले सिड्नीमा ‘सेलो साँझ २०२६’ आयोजना हुने भएको छ। रे कर्पोरेट ग्रुपको मुख्य प्रायोजन तथा मिनसेङ इभेन्ट्सको आयोजनामा आगामी १२ नोभेम्बर २०२६ मा हर्स्टभिलस्थित मराना अडिटोरियममा कार्यक्रम हुनलागेको हो।

कार्यक्रममा चर्चित गायिका जितु लोप्चन र गायक विश्व दोङले आफ्ना सांगीतिक प्रस्तुति दिनेछन्। नेपाली समुदायलाई एकै ठाउँमा जोड्दै तामाङ सेलो संगीतको मौलिकता र सांस्कृतिक पहिचानलाई प्रवर्द्धन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको हो।सिड्नी तथा आसपासका क्षेत्रमा बसोबास गर्ने नेपाली समुदायले कार्यक्रममा प्रत्यक्ष सांगीतिक प्रस्तुतिको आनन्द लिन सक्नेछन्। आयोजकले परिवार तथा साथीभाइसँग सहभागी भई नेपाली संगीत र संस्कृतिसँग रमाउन समुदायका सदस्यहरूलाई आग्रह गरेका छन्।

कार्यक्रमलाई एभरेस्ट रियल्टी ग्रुपले प्लाटिनम प्रायोजकका रूपमा सहयोग गरेको छ। के क्लिन गोल्ड प्रायोजक रहेको कार्यक्रममा इम्पेरियर कन्भेयान्सिङ, ग्रान्ड प्यालेस तथा फोर ए कन्सल्टिङ सर्भिसेजलगायतले पनि प्रायोजन गरेका छन्।हर्स्टभिलको १६ म्याकमाहोन स्ट्रिटस्थित मराना अडिटोरियममा साँझ ५ बजेदेखि सुरु हुने छ। पोस्टरमा रहेको क्यूआर कोड स्क्यान गरेर टिकट खरिद गर्न सकिनेछ।कार्यक्रमको थप जानकारीका लागि कुन्साङ घिसिङलाई ०४५० ०४३ ८७४, रमेश तामाङलाई ०४१० ७८३ ६४७ वा अबिरल तामाङलाई ०४३५ ७७४ २०४ मा सम्पर्क गर्न सकिनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *