एनएसडब्लु राज्य परिषद् संयोजकमा गुरुङको बलियो उम्मेदवारी

तक्दीर अधिकारी
सिड्नी । गैरआवासीय नेपाली संघ (एनआरएनए) अस्ट्रेलियाबाट उपाध्यक्ष उपाध्यक्ष तथा एनएसडब्लु राज्य परिषद् संयोजक पदका उम्मेदवार बनेका देव गुरुङ कोमल हृदय भएका बलिया उम्मेदवार हुन् ।

३५ वर्ष प्रवासमा बिताए गुरुङले २० वर्ष बेलायती गोर्खा सैनिकमा बिताए भने त्यसपछि अस्ट्रेलिया सेनामा जिम्मेवारी सम्हाल्न आइपुगेका थिए । सानै उमेरदेखि नै देश र समाजका लागि केही गर्नुपर्छ भन्ने दृढ स्वभाव भएका उनीले समाजमा काम गर्ने अवसर भने अस्ट्रेलियाबाटै सुरु गरेको बताउँछन् ।

तमु समाज सिड्नीका अध्यक्ष, गोर्खा नेपलिज कम्युनिटीको उपाध्क्षि, एनआरएन अस्ट्रेलियाको सचिवलगायत दर्जनौं संघसंस्थामा आबद्ध रहेर समाजसेवाका लागि महत्वपूर्ण जिम्मेवारी सम्हालिसकेका गुरुङले सेवा अवधिमा ७ वटा बहादुरी तक्मा, लिभरपुल काउन्सिलबाट दुईपटक सर्भिस र अफिसर अफ अर्डरको उपाधि तथा एनआरएन अस्ट्रेलियाबाट राष्ट्रिय कम्युनिटी सर्भिस पर्सनालिटी उपाधि प्राप्त गरिसकेका छन् ।

आफ्नो उम्मेदवारीबारे स्पष्ट पार्दै गुरुङले भने, संघीय रजिस्ट्रेसन पूरा गर्ने र संस्थालाई च्यारिटेबल बनाउने, सदस्यतालाई इन्सेन्टिभ बनाउने र अझ संख्या वृद्धि गर्ने, विद्यार्थी समस्यालाई नजिकबाट हेर्ने व्यवस्था मिलाउने छु ।

यसैगरी एनआरएन कार्यालयको व्यवस्थाका साथै हेल्पलाइन अझ सक्रिय बनाउने, एनआरएनएको वेभसाइटलाई सुदृढीकरण गर्ने, संस्थालाई व्यवसायिक र मर्यादित ढंगले अगाडि बढाउने, सोसियल वेल्फेर फन्डलाई वृद्धि गराउने र सही ढंगले सुचारु गर्ने, अस्ट्रेलियन सरकारसँग समन्वय गर्ने र विभिन्न सुविधा हासिल गर्न पहल गर्ने, संस्थालाई पारदर्शी र दुदर्शी बनाउने ध्यान दिने, सीप, ज्ञान र नयाँ सोचलाई प्राथमिकता दिने तथा सही ढंगले परिचालन गर्ने र एनआरएनएलाई विशुद्ध सामाजिक ढंगबाट अगाडि बढाउने आफ्ना एजेन्डा रहेको गुरुङले बताए ।

https://www.facebook.com/londonnepalnews/videos/460145254542594/?t=13

Leave a Reply

Your email address will not be published. Required fields are marked *