सिड्नी । नेपाली अभिभावक कल्याण समाज लेपिटंनले नेपाली नयाँ वर्ष २०८० को अवसरमा आयोजना गरेका कार्यक्रमहरु सम्पन्न भएका छन् । समाजले वैशाख ९ गते शनिवार सगैं विविध कार्यक्रमको आयोजना गरेको थियो । नेपाली अभिभावक कल्याण समाज लेपिंटनका अध्यक्ष सुरेश कुमार पौड्यालको अध्यक्षतामा सम्पन्न कार्यक्रमममा बाडिया एडमन्सन पार्क अभिभावक कल्याण समाजका अध्यक्ष चन्द्रकान्त पाण्डेको प्रमुख आतिथ्यता रहेको थियो ।
त्यस्तै कार्यक्रममा वोरनपार्क नेप्लिज समाजका उपाध्यक्ष महाविर विष्टको विशेष आतिथ्यता रहेको थियो । कार्यक्रममा ३२ जना आमाहरुलाई मातातिर्थ औशीको उपलक्ष्यमा छोराछोरीहरुले सम्मान गरेका थिए । कार्यक्रममा १ सय २५ जना भन्दा बढीको उपस्थिति रहेको बताईएको छ ।
नेपाली अभिभावक कल्याण समाज लेपिटंनको आयोजना तथा एभरेष्ट बुचरी रकडेल, मल्टिडायनमिक रियलस्टेट ,पन्त कन्ट्रकसन र वेष्टलिंक एजुकेशन कन्सलटेन्सीको सहयोगमा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रमसंस्थाका सचिव सारदा पौडेलको सहयोग र सल्लाकार प्रकाश पौड्यालको सहजीकरणमा सम्पन्न भएको थियो ।






