तक्दीर अधिकारी
सिड्नी ।
गैरआवासीय नेपाली संघ एनआरएनए अष्ट्रेलिया उमन फोरमको आयोजनामा महिला सशक्तिकरण सम्बन्धी राष्ट्रिय महिला सम्मेलन शुरु भएको छ । शनिवार दिउँसो १ बजेबाट शुरु भएको कार्यक्रममा महिला अभिनेत्री तथा सामाजिक अभियन्ता मनिशा कोइरालाले मुख्य वक्ताको रुपमा प्रस्तुती दिने भएकी छन् । त्यसैगरी सामाजिक अगुवा तथा प्राद्यापक समेत रहेकी लिली थापा र सामाजिक अगुवा बुनु गौतमले बोल्ने कार्यक्रम रहेको छ ।
एनआरएनए महिला संयोजक सन्ध्या शाहका अनुसार उक्त सम्मेलन महिला सशक्तिकरण, महिला कल्याणको विषयमा ती वक्ताहरुले बोेल्ने भएका छन् । उक्त कार्यक्रम अनलाइन मार्फत सञ्चालन भइरहेको हो ।
एनआरएनए अष्ट्रेलिया महिला फोरमको आयोजनामा राष्ट्रिय महिला सम्मेलन शुरु






