बेलायतीले यसरी गरे तारमा बिहे

Sky-Marrige3

लण्डन । विवाह भन्ने बित्तिकै दुलाहा राजा घोडामा सवार हुने, दुलही डोलीमा चढ्ने भन्ने सोँच्नुहोला । तर बेलायतको यो विवाहको बारेमा सोँच्नुभयोे भने त्यो विवाह हो भनेर पत्याउन मुस्किल पर्छ । हामीकहाँ बाउआमा र समाजले विवाह गर्न नदिएका प्रेमजोडीहरु आत्महत्या गर्न लागेको जस्तो दृश्य पो छ त यो । तर नझुक्किनुस् यो त बकाइदा विवाह समारोह नै हो । यी बेहुला बेहुलीले ८० फुटमाथि टाँगिएको तारमा टेकेर अनौठो तरिकाले विवाह गरेका हुन् ।

बेलायतमा भएको यो अनौठो विवाह अहिले सर्वत्र चर्चाको विषय बनेको छ । ३७ वर्षका क्रिस बुल र उनकी २५ वर्षकी प्रेमिका फोबे बेकरले हावामा लट्काइएको तारमा टेकेर जोखिमपूर्ण स्टन्टवाला बिहेबारी गरे ।

Sky-marrige1

क्रिस र फोबेको यो अनौठो विवाह समारोहमा झण्डै १०० जना पाहुना सामेल थिए । बेहुला बेहुली माथि आकाशमा थिए । तलबाट बिहे गराउने मानिसले बिहेका विधिहरु बाचन गरे र त्यसलाई लाउड स्पिकरको माध्यमबाट बेहुला बेहुलीले सुन्न सक्नेे बनाइयो । लाउड स्पिकरबाट पण्डितको आज्ञा अनुसार बेहुला बेहुलीले स्वयंवर लगायतका सबै विवाह कर्म पूरा गरे ।

बेहुली बेकरका अनुसार बुलसँग माया प्रेम बसेदेखि नै उनलाई यसरी आकाशमा उडेर परिले जस्तै बिहे गर्ने सपना जागेको थियो । वास्तवमा बुलले पछिल्लो १५ वर्षदेखि यसरी तारमा हिँड्ने स्टन्ट गर्दै आएका छन् । उनले नै प्रेमिका बेकरलाई तारमा हिड्ने तालिम दिए । आकाशमा हावामा लटि्करहेको तारमा आफ्नो विवाह सेलिब्रेट गर्ने आफुहरुको सपना रोमान्चक ढंगले पूरा भएकोमा बेकर र बुलको जोडी मख्ख छ ।