जन्मेको ९ महिनामै क्याटवाक

Harper-Louise

लण्डन । क्याटवाक भन्ने बित्तिकै जवानी फक्रिएका युवतीहरु स्टेजमा गएर आफ्नो जिउडाल तथा पहिरन देखाउने गरी बिरालोको शैलीमा खुट्टा सांग्ली पार्दै हिँडेको, तथा जिउ मर्काएको भन्ने बुझिन्छ, सामान्य सोँचाइमा । तर बेलायतमा भने जवानी फक्रिएका होइनन् की एक ९ महिनाकी बच्ची नै क्याटवाकमा उत्रिएकी छिन् ।

विश्वमै सबैभन्दा कम उमेरमा र्याम्पमा उत्रिएकी ती बालिकाकोे नाम हो हार्पर लू । उनी अझै राम्रोसँग हिँड्न सक्दिनन्, बोल्न सक्दिनन् तर उनकी आमालाई यति हतार भएछ की छोरीलाई क्याटवाक गराउन थालिसकेकी छिन् ।

अहिले मात्र कहाँ हो र आमा मिचेल विल्सनले छोरी २२ दिनकी हुँदा देखिनै यसरी घरमै क्याटवाकको अभ्यास गराउन थालेकी थिइन् ।

Baby-pageant-star

उनले अहिले आफ्नी छोरी हार्परलाई विभिन्न राम्राराम्रा पोशाकमा सजाएर फोटोहरु क्लिक गर्ने गर्छिन् । छोरी गर्भमै छँदा आफुले उनलाई सौन्दर्य प्रतियोगितामा सामेल बनाएको उनको दाबी छ । छोरीलाई  भविष्यमा क्याटवाक गराउने सपना उनको गर्भावस्थामै थियो ।

अहिले छोरी जन्मिएर ९ महिनाको भैसक्दा उनले धेरैपटक सौन्दर्य प्रतियोगितामा सामेल गराएर स्टेजमा क्याटवाक गराइसकेकी छिन् । ती बच्ची वास्तवमै अहिले फुच्ची स्टार बनिसकेकी छिन् ।