विश्व थर्कमान पारेको आइएस यी युवतीसँग भने डराउँछ

विश्वको सबैभन्दा खतरनाक आतंकवादी संगठन आइएस आइएससँग विश्वका सबै डराउँछन् । तर, संगठन एक महिलासँग डराउने गर्छ । यी महिलाको नाम हो जोआना पलानी ।

त्यही कारण पनि इस्लामिक स्टेटले पलानीलाई जसले मार्न सक्छ उसलाई १० लाख डलर इनाम दिने घोषणा गरेको छ ।

 

२३ वर्षीय पलानी कुर्दिश मुलुकी ड्यानिस महिला हुन् । उनले सन् २०१४ मा विश्वविद्यालयको पढाइ छाडेर सिरिया र इराकमा भएको आतंवादी आक्रमण विरुद्ध लड्न उत्रिएकी थिइन् ।

 

हाल उनी डेनमार्कको राजधानी कोपनहेगनमा रहेको जेलमा कैद रहेकी छिन् । उनीमाथि मुद्धा चलीरहेको छ । यसको कारण थियो सन् २०१५ मा उनीमाथि ट्राभल व्याण्ड लागेको थियो । यदी उनी दोषी पाइएमा उनलाई दुई वर्षको जेल सजाय हुनेछ ।

 

अल–अरेबियाले दिएको जानकारी अनुसार आइएसआइएसले विभिन्न सोसियल मिडियाको प्लेटफार्म प्रयोग गर्दै विभिन्न भाषामा पलानीलाई मार्नेलाई इनाम दिने घोषणा गरेका छन् । एजेन्सी ।