पल प्रकरण : गायिकाको पक्षमा अधिवक्ता खतिवडाले वकालत गर्ने

काठमाण्डौ । पल शाह र एक गायिकाको प्रकरणलाई लिएर यतिबेला सामाजिक सञ्जाल रगिंएको छ । पल विरुद्ध जवरजस्तीकरणको उजुरी दर्ता भएसगैं यससगं सम्बन्धित रहेर विभिन्न अडियो तथा सामाग्रीहरु पनि सार्वजनिक भईरहेका छन् ।

यसैबीच करणीको जाहेरी दर्ता गराएकी नाबालिक गायिकाको पक्षमा अधिवक्ता राधिका खतिवडाले वकालत गर्ने भएकी छिन् । उनले सामाजिक सञ्जाल मार्फत पीडित बालिकाको पक्षमा कानुनी लडाईँमा सहयोग गर्ने बताएकी छिन् ।

अधिवक्ता राधिका खतिवडाले १७ वर्षीया बालिकाको विषयमा बोल्नुअघि विचार गर्न आग्रह गर्दै पीडित बालिका र अभिनेता पलबीचको विषयलाई लिएर कानुनी रुपमा व्याख्या समेत गरेकी छन् ।

उनले पीडित बालिकाका विषयमा सामाजिक सञ्जालमा अपव्याख्या गरेर विषयान्तर गर्न खोजिएकाले त्यस्ता गतिविधिहरु गरेर स्वतन्त्र अनुसन्धानमा बाधा नगर्न समेत सबैलाई आग्रह गरेकी छन् ।

अधिवक्ता खतिवडा केही समय अगाडि बाराका उमाशंकर रायभरलाई न्याय दिलाएपछि चर्चामा आएकी थिइन् । रायभरको नागरिकताका दुरुपयोग हुँदा उनीमाथि २८ करोड राजस्व नतिरेको आरोप लागेको थियो । उनले रायभरको पक्षमा वकालत गरेर निर्दोष रायभरलाई न्याय दिलाउन सफल भएकी थिइन् ।

यस्तो लेखेकी छिन् खतिवडाले सामाजिक सञ्जालमा