भोलिको प्रतिनिधि सभा बैठकबाट पारित होला त एमसीसी ?

काठमाण्डौ । अमेरिकी सहायता सम्झौता एमसीसी अनुमोदन प्रक्रिया अघि बढाउन यसअघि दुई-दुईपटक बोलाएर पनि स्थगित प्रतिनिधि सभाको बैठक फेरि भोलि आइतबारका लागि बोलाइएको छ।

संसदमा टेबल भइसकेको एमसीसी सम्झौतासम्बन्धी प्रस्तावमा सामान्य छलफल थाल्न भनेर यसअघि गत बिहीबार र शुक्रबार कार्यसूचीसहित प्रतिनिधि सभाको बैठक बोलाइएकामा सत्ता गठबन्धनकै नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीको असहयोगका कारण त्यसैबेला प्रस्ताव फेल हुने देखिएपछि प्रधानमन्त्री देउवाले दुवैपटक बैठक स्थगन गराएका हुन्।

अहिले देउवाले संसदमा जारी अवरोध खुलाएर एमसीसी अनुमोदनका लागि प्रमुख प्रतिपक्षी नेकपा एमालेसँग सहयोग मागिरहेका छन् र वार्तालाई तीव्रता दिइरहेका छन्।

अहिले पनि एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा नेपाली कांग्रेस र एमालेका दोस्रो तहका नेताबीच वार्ता भइरहेको छ भने ओलीसँग कुरा गर्न प्रधानमन्त्री देउवा पनि केही बेरपछि बालकोट पुग्दै छन्।

आइतबार दिउँसो १ बजेका लागि बोलाइएको प्रतिनिधि सभा बैठकको सम्भावित कार्यसूची आजै तय भइसकेको छ। संघीय संसद् सचिवालयले जारी गरेको सम्भावित कार्यक्रममा एमसीसी समेटिएको छ।

प्रतिनिधि सभाको बैठकअघि आइतबार बिहान कार्यव्यवस्था परामर्श समितिको बैठक बस्दै छ। बैठक बिहान साढे ११ बजे वीरेन्द्र अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको शंकर हलमा बस्ने सभामुख अग्नि सापकोटाको सचिवालयले जनाएको छ। कर हलमा बस्ने सभामुख  अग्नी प्रसाद सापकोटाको सचिवालयले जनाएको छ।