स्थानीय निर्वाचन १३ गतेपछि हुने पक्का

काठमाडौं– असार ९ गते हुने भनिएको दोस्रो चरणको स्थानीय निर्वाचन १३ गतेपछि हुने लगभग पक्का भएको छ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले यसअघि जेठ ३१ गते तोकिएको निर्वाचन मिति असार ९ गते सार्ने निर्णय गरेको थियो। ९ गते मुस्लिम धर्मालम्बीहरुको चाड रमाजानको अन्तिम शुक्रबार पर्ने भन्दै मिति सार्नुपर्ने आवाज उठ्न थालेपछि चुनावको मिति सार्न लागिएको हो।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मंगलबार संसद भवनमा डाकेको सर्वदलीय बैठकमा चुनावको मिति सार्नुपर्ने कुरा उठेको थियो। प्रधानमन्त्री दाहालसमेत सहभागी उक्त बैठकमा माओवादी केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले चुनावको मिति एक दिन अगाडि सार्नुपर्ने प्रस्ताव गरेका थिए।