क्यान युकेले समुन्द्रमा लग्यो पूर्व गोर्खाका सयौ जेष्ट बुवा आमालाई,के के भयो(भिडियो सहित)

लण्डन ।  क्यान इन्टरनेशनल युके बेलायतमा नेपाली वृद्धवृद्धा र भाषागत रुपमा समस्या भोग्ने नेपालीहरुलाई सहयोग र सद्भावले एक अभिभावकको रुपमा उभिएको छ।

यसै बीच २० अगस्ट शनिबार क्यान इन्टरनेशनल युके र गोर्खा सेन्टरको संयोजकत्वमा बेलायतमा रहेका नेपाली सिनियर सिटिजनहरुलाई सिसाइड ट्रिप सम्पन्न गरिएको छ । क्यान इन्टरनेशनलका बलराम ढकालको संयोजकत्वमा भएको उक्त भ्रमण बोर्नमाउथको बिचमा लगिएको हो ।

ज्येष्ठ नागरिकहरुको कल्याणको निम्ती काम गर्दै आइरहेको क्यानका यूके संयोजक डा. बलराम ढकालले विशेषगरी नेपालीहरुको भाषागत, आवास, लगायतका समस्याहरुलाई समाधान गर्न काम गर्दै आइरहेको लन्डन नेपाल न्युजलाइ जानकारी दिए ।

 

कार्यक्रम संचलन स्याङ्जा युके समाजका उपादक्ष्य भरत गुरुङले संचालन गरेका थिए भने अध्यक्ष सार्दा गुरुङले सिनियर सिटिजन हरुलाई यो समरको समयमा समुन्द्री तटमा घुमाउन ल्याउन पाँउदा निकै खुशी लागेको बताए ।

राष्ट्रिय कलाकार राजन कार्कीले चर्चित लोक गीतहरु गाएर माहोल तताउदा सबैजना समुन्द्री बालुवामा नाच्दै झुम्न पुगेका थिए । २ वटा कोचमा १०० जना भन्दा धेरैको समुहमा भ्रमण गरेको उक्त समुहमा आमा समुहकी अध्यक्ष कमला गुरुङ नयन्द्र गुरुङ तथा मेजर खमन सिङ्ग राई लगायतको उपस्थितिमा समुन्द्रमा  राजन कार्कीको साँगितिक माहोलले वातावरण निकै तताए।

केही बर्ष देखी यस्ता भ्रमण कार्यक्रम गर्दै आइरहेको क्यान इन्टरनेशनलले फेरी अर्को बर्ष पनि यस्तै कार्यक्रम गर्ने कुरा संयोजक बलराम ढकालले बताए।

समुन्द्रमा आफ्नो परिवार साथ पुगेका स्याङ्जा समाजका बरिस्ठ सल्लाहाकार डेभिड गुरुङ्गभन्छन, “बिगत बर्ष देखी क्यान ईन्टरनेशनलले समुदायमा पुराएको सहयोग सराहनिय छ, हामी त्यसको लागि आभारी छौ।”त्यसैगरी बुदिजीबी आरके त्रिपाठीले क्यानले नेपाली समाजहरु सँग सहकार्य गरेर अघि बढेकोमा निकै खुसी लागेको बताए ।

कार्यक्रममा बोर्नमाउथ समुन्द्री तटमा एक कार्यक्रम संचालन गर्दै राष्ट्रिय कलाकार राजन कार्की, बारीष्ठ समाजसेवी डेबिड गुरुङ, बारीस्ठ पत्रकार शिव भन्डारी र क्यान संयोजक बलराम ढकाललाई खादा लगाइ अभिनन्दन गरिएको थियो ।

उक्त भ्रमणलाई बोर्नमाउथमा एनआरएनए डोर्सेट काउन्टी कमिटी अधक्ष्य तथा स्याङ्जा समाज युकेका मेडिया संयोजक राम राज शर्माले स्वागत गरेका थिए ।बोर्नमाउथमा सिनियर सिटिजन, राष्ट्रिय कलाकार राजन कार्की र अन्यलाई स्वागत गर्न पाउदा डोर्सेट बासीको तर्फबाट आफु निकै खुसी लागेको राम राज शर्माले बताए ।

पुरा भिडियो हेर्नको लागि तलको लिंक क्लिक गर्नुस: