लण्डन । मगर संघ यूएचएसबी शाखाको माघे संक्रान्ति धमाका मचाउन गायक प्रसाद खप्तरी मगर र देवी आले मगर लण्डन आइपुगेका छन् ।
११ जनवरी २०२५ मा शाखाले स्यामुयल कोडी स्पेसलिस्ट स्पोर्ट्स कलेजमा आयोजना गर्ने कार्यक्रमका लागि चर्चित गायक प्रसाद र गायिका देवी बिहीबार लन्डन आएका हुन् ।
उनीहरुलाई मगर संघ यूएचएसबी शाखा अध्यक्ष ऋषिराम राना, सल्लाहकार क्याप्टेन वीरबहादुर मगर, संस्थाका उपाध्यक्ष तथा माघे संक्रान्ति कार्यक्रम संयोजक बिर बलाल, उपाध्यक्ष धना रोका, पूर्वअध्यक्षहरु टाम ढेगा, लेख राना, संस्थापक उपाध्यक्ष ओम थापा काउछा, वर्तमान सचिव गणेश बुढाथोकी मगर, कोषाध्यक्ष गोपबहादुर सिञ्जालीमगर, पूर्वमहिला अध्यक्ष छविमाया पुन, शाखा सल्लाहकार टेक थापा, मगर संघ यूकेका युवा अध्यक्ष अनिल थापासहित आयोजक संस्थाका पदाधिकारी र सदस्यहरुले विमानस्थलमा स्वागत गरेका हुन्
लन्डन उत्रिएपछि गायिका देवी र गायक खप्तरीले माघेसंक्रान्ति मनाउनका लागि’ कार्यक्रमस्थलमा आउन आग्रह गरे ।
मगर संघ यूएचएसबी शाखाले हरेक वर्ष संक्रान्ति वार्षिक रुपमा मनाउँदै आएको अध्यक्ष ऋषिराम रानाले जानकारी दिए । उनले कार्यक्रममा सहभागी हुन अनुरोध गर्दै चाड मनाउँदै रमाउन आग्रह गरेका छन् ।
संयोजक बलालले कार्यक्रम सम्पूर्ण तयारी पूरा भएको जनाउँदै विगतजस्तै धुमधाम हुने बताए । उनका अनुसार सांस्कृतिक कार्यक्रम करिब दिउँसो ४ बजेदेखि हुने छ ।
संस्थापक उपाध्यक्ष एबम कार्यक्रका पुजारी ओम थापा काउछाले कार्यक्रम बिहान ९ बजेदेखि नै पूजा हुने र १ बजेदेखि औपचारिक कार्यक्रम हुने बताए ।






