लण्डन! बेलायतमा बसोबासरत नेपालीहरुले आफ्नो मातृभूमिको लागि मात्र नभएर आफु बसेको ठाउको लागि पनि बिभिन्न च्यारिटी संचालन गर्ने गरेका छन्। यसै सिलसिलामा बेजिंगस्टकमा आफ्ना ब्यबसाय संचालन गरेर बसेका शिवजी श्रेष्ठले नया बर्ष कार्यक्रम संगै स्थानीय डाइबिटिज युके, बेजिंगस्टकको सहयोगार्थ एक च्यारिटी कार्यक्रम गरेका छन्। गत सोमबार स्थानीय बेजिंगस्टकका पुर्ब मेयर काउन्सिलर Sean Ketting को प्रमुख आतिथ्यतामा संचालित सो कार्यक्रममा एन आर एन युके राज्य समन्वय समिति इंगल्याण्डका अध्यक्ष दिपक श्रेष्ठ, स्थानीय लेबोर पार्टी, बेजिंगस्टकका BAME अफिसर साजिस थोमस, नेपाल पुर्ब प्रहरी परिवार मंच बेलायतका अध्यक्ष (Rtd DSP ) बाचस्पति रेग्मी, Mrs Nepal UK 2019 का !st Runner UP बन्दना केसी, 2nd Runner UP सबिना थापा श्रेष्ठ, अमिका क्षेत्री, बुद्धिजीवी यादव श्रेष्ठ, समाजसेवी प्रतिमा जोशी, मदनमान श्रेष्ठ, रिना प्रधान श्रेष्ठ लगायतका व्यक्तिहरुको उपस्थितिमा राफल ड्र समेत गरिएको थियो।
सो कार्यक्रममा S4U Healthylife का डाइरेक्टर उर्मिला श्रेष्ठले बेलायतमा डाइबिटिज पिडितहरुको संख्यात्मक अबस्था तथा यसका कारण र यसबाट बच्ने उपायको बारेमा पावर पोइन्ट प्रेजेन्टेसन गरेका थिए। करिब ५० लाखको हाराहारीमा Type 2 Diabetes रहेको बेलायतमा दक्षिण एसियाली मुलका मानिसहरु यस रोग बाट अझ बढी पिडित रहेको बताउदै खानपान र लाइफ स्टाइल संग सम्बन्धित यो रोगको बिरुध्दमा Diabetes UK संग Saladmaster UK ले सहकार्य गरिरहेको बताइन। सो अवसरमा पुर्ब मेयर Sean Ketting ले आफु पनि यस रोगबाट पिडित रहेको बताउदै नेपालीहरु द्वारा संचालित यस कम्पनिले गरेको च्यारिटीको सह्राहना गर्दछु भन्दै स्वास्थ्य नै सबैभन्दा ठुलो सम्पति रहेको बताए।प्रत्येक बर्ष स्थानीय सामाजिक संघ संस्थाहरुको लागि नियमित रुपमा च्यारिटी गर्दै आएका शिवजी श्रेष्ठको नेतृत्वमा रहेको यस संस्थाले गतबर्ष पनि बेजिंगस्टकका घरबार बिहिन (सुकुम्बासी) हरुको लागि कार्यरत संस्था को सहयोगार्थ च्यारिटी गरेका थिए। आफ्नो लागि त छदैछ, अरुको लागि केहि गर्न सकियो भने जीवनको सार रहन्छ भन्दै शिवजी श्रेष्ठले त्यहा उपस्थित एबम अनुपस्थित भएर पनि सहयोग गर्ने मनकारी व्यक्तिहरुको नाम लिदै सबैमा धन्यबाद ज्ञापन गरेका थिएI






