शिब भण्डारी
लण्डन । तमुधिं लण्डन इकाईले लन्डन बरो अफ हन्स्लोका ५६ औं मेयर विष्णुबहादुर गुरुङ र उनकी धर्मपत्नी सीता गुरुङलाई सम्मानसहित स्वागत गरेको छ । 
शुक्रवार साँझ पश्चिम लण्डनको साउथ ह्यारोस्थित गोल्डेन शिप रेष्टुरेन्टको सभाहलमा एक समारोहकावीच बेलायतमा नेपाली समुदायको शान बढाउन सफल भएका मेयर गुरुङलाई सम्मान गरेको हो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि समेत रहेका मेयर गुरुङले यसरी कार्यक्रम आयोजना गरी आफूहरुलाई गरिएको सम्मानले आफूलाई गौरव साथै सौभाग्यशाली ठानेको गुरुङले बताए ।

उनले बेलायत स्थित सबै समुहको हकहितमा काम गर्दै आएको स्मरण गर्दै तमुधिं लण्डन इकाईको उत्तरोत्तर प्रगतिको कामना गर्दै आगामी दिनमा अझ सक्रिय रुपले संस्थासँग मिलेर अघि बढ्न सुभकामना दिए ।
इकाईका सल्लाहाकार डेविड गुरुङले सम्बोधन गर्दै गोर्खालीको छोरोले बेलायतको एक नगरपालिका हाक्ने गरी मेयरमा निर्वाचत हुनुले नेपालीहरुको गौरव बढाएको बताए ।
संस्थाका उपाध्यक्ष भरत गुरुङले मेयर गुरुङ दम्पतीलाई सम्मान गर्न पाएकोमा खुशी व्यक्त गर्दै कार्यक्रममा सहजीकरण गर्ने सबैलाई धन्यवाद दिए ।
इकाईका अध्यक्ष विष्णु गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा महासचिव रक गुरुङ (विकास)ले सञ्चालन गरेका थिए।
आमा समूहका अध्यक्ष कमला गुरुङ तथा पूर्व अध्यक्ष दिलमाया गुरुङ लगायत महिलादिदीबहिनीहरुले गुरुङ दम्पतीलाई खादा माला सहित सम्मान गरेका थिए ।

उक्त कार्यक्रममा सांस्कृतिक सचिब कुमार गुरुङ, आमा समूहकी दिदी बहिनीहरु सल्लाहाकार लगायत संस्थाका पदाधिकारीहरुले मेयर गुरुङ दम्पति लाई बधाईसहित शुभकामना दिएका थिए ।
उक्त कार्यक्रममा कोरोनाभाइरस महामारीविरुद्ध सरकारले तोकेका सबै मापदण्डहरु पालना गरिएको थियो ।






