शान्ति र खुमनको वेजोड प्रस्तुतीले ततायो रुपन्देही सामाजिक सञ्जालको तीज कार्यक्रम

सिड्नी । रुपन्देही सामाजिक सञ्जाल अस्ट्रेलियाले तीज धमाका भव्य रुपमा सम्पन्न गरेको छ ।हिन्दु नेपाली महिलाहरुको महान पर्व हरितालिका तीजको अवसर पारेर अगष्ट २० तारिख शनिवार ईन्द्रेणी फंक्सन सेन्टर रक्डेलमा सञ्जालले ‘तीज धमाका’ कार्यक्रम सम्पन्न गरेको हो ।

पछिल्लो समय सामाजिक संरचना र सामाजिक रुपान्तरण तथा नेपाली लोक दोहोरी क्षेत्रमा एक अब्बल र स्थापित कलाकारको रुपमा पहिचान बनाएकी शान्ति श्री परियार र खुमन अधिकारीले नेपालको सांस्कृति पर्व तीजको नेपालको झल्को मेटाउने  वेजोड प्रस्तुतीले दर्सकलाई भर्पुर मनोरञ्जन गराएका थिए ।

‘तीज धमाका’मा चर्चित लोकदोहोरी गायक खुमन अधिकारी र गायिका शान्ति श्री परियारले उपस्थित दर्शकहरुलाई छमछमी नचाएका थिए । रुपन्देही सामाजिक सञ्जालका अध्यक्ष मुक्तिराम पोखरेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा न्यू साउथ वेल्स  महावाणिज्यदुत दिपक खड्काको प्रमुख आतिथ्यता रहेको थियो

कार्यक्रममा गैर आवासीय नेपाली सघं एआरएनए अस्ट्रेलियाका अध्यक्ष नन्द गुरुङ, उपाध्यक्ष एवम् न्यू साउथ वेल्स राज्य परिषद सयोंजक देब गुरुङ लगायत नेपाली सघंसंस्थाका प्रमुख तथा प्रतिनिधि तथा नेपाली समुदायका सदस्यहरु गरेर ४ सय जनाको उपस्थिति रहेको थियो ।

सञ्जालका अध्यक्ष पोखरेलले अनाथ, असहाय र फरक क्षमता भएका बालबालिकाको सहयोगार्थ आयोजित कार्यक्रम भव्य रुपमा सम्पन्न भएको बताए । उनले कार्यक्रममा उपस्थित नभएका व्यक्तिहरुले समेत च्यारिटीमा सहयोग गरेको बताए ।

दुई चरणमा सम्पन्न कार्यक्रम मध्ये औपचारिक कार्यक्रमको सञ्चालन महासचिव रन्जिता भन्डारीले गरेकी थिईन् भने मनोरञ्जनात्मक कार्यक्रमको सञ्चालन सुचना पाण्डे र सपना गुरुङले गरेका थिए ।