नारी निकुञ्जले १० औं वार्षिकोत्सव भव्य रुपमा मनाउने

तक्दीर अधिकारी
सिड्नी । गैरआवासीय नेपाली संघ (एनआरएनए) अस्ट्रेलिया नारी निकुञ्जले आफ्नो वार्षिकोत्सव भव्यरुपमा मनाउने भएको छ । १० वर्ष पूरा भएर ११ औं वर्षमा प्रवेश गरेको अवसरलाई नारी निकुञ्जले राष्ट्रिय उत्सव  रुपमा   र अन्तराष्ट्रिय महिला दिवस  पनि सँगै मनाउने तयारी गरेको नारी निकुञ्जकी संयोजक सन्ध्या शाहले जानकारी दिइन् ।

मार्च ७ तारिख शनिबार आयोजना गरिएको उक्त कार्यक्रम कोरिडन पार्कमा रहेको कोरियन सोसाइटीको हलमा आयोजना हुनेछ । नारी कुञ्ज परिवारको जमघट रहने उक्त कार्यक्रममा  परोपकारी गाला डिनर गरेर अर्थ सँकलन को लागि प्रवेश शुल्क ५० डलर तोकिएको छ भने विद्यार्थीका लागि ३५ र बालबालिकाले ३० डलर बुझाउनुपर्ने छ ।

कार्यक्रममा अस्ट्रेलियामा रहेका नारी निकुञ्जका सबै सदस्यलाई समेट्ने प्रयास गरिएको संयोजक साहले जानकारी दिइन् । उनले भनिन, ‘कार्यक्रममा संस्थाले १० वर्षसम्म गरेको कामको वृत्तचित्र प्रस्तुत हुनेछ भने केही बिद्यार्थीहरु ले सांस्कृतिक कार्यक्रम प्रस्तुत गर्नेछन् , यसबाट प्रतिभाको पनि खोजी हुनेछ ‘ ।

साँझ साढे ५ बजेदेखि सुरु भएको कार्यक्रम राति १० बजेसम्म चल्नेछ । कार्यक्रमबारे कुनै दुविधा भए सन्ध्या साह ०४१५७९०८३४, मोनी लिम्बु ०४०२१२८४०५, सुकृति भट्ट ०४१०७७५२१२ र समीक्षा अधिकारी ०४२०६८८५७४ मा सम्पर्क राख्न सकिने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *