सुरोज मास्केले एनआरएन यूकेको सचिवमा उम्मेदवारी दिने

लन्डन– आगामी अधिवेशनका लागि एनआरएन यूकेमा उम्मेदवारी घोषणा धमाधम भइरहेका छन् ।

एनआरएनए यूकेको बिजनेस विभागका वर्तमान सदस्य सुरोज मास्केले आगामी निर्वाचनमा सचिव पदमा उमेद्वारी दिने जनाएका छन् ।

एनआरएनमा विकास हुँदै गएको विकृति विसंगति चिर्ने, नेपाल हाउस प्रोजेक्टलाई ब्यापारिक मोडेलमा लगेर सफल बनाउन पहलकदमी गर्नेलगायतका एजेन्डा लिएर मास्केले उम्मेदवारी घोषणा गरेका हुन् । उनी एनआरएनलाई विवादास्पद नागरिकताको माग, विदेशमा बसेर नेपालका राजनीतिक अधिकार माग गर्नेलगायतका विषयमा फरक धारणा राख्दै आएका छन् ।

मास्केले पैसा र पहुँचमा चुनाव कब्जा गर्ने निर्वाचन पद्धतिको विरोध गर्दै सृजनात्मक कार्य गर्ने व्यक्तिलाई निर्वाचित गर्न पनि अपिल गरेका छन् ।