लण्डन । नेकपा माओवादी केन्द्र प्रवास समन्वय कमिटिले नेपालमा फैलिरहेको कोभिड १९ महामारीको दोस्रो लहर नियन्त्रणको निम्ती सहयोग गर्ने उद्धेश्यसहित अभियान सञ्चालन गरेको छ ।
समितिको बैठकले यूरोपका सबै देशबाट आर्थिक संकलन गरी समन्वय कमिटिमा यथाशिघ्र पठाउने निणैय गरेको छ ।
संसार भरीका नेपाली जनप्रगतिशिल मञ्चबाट कोभिड महामारी रोकथाम र स्वास्थ्य उपचारका लागि कम्तिमा एक करोड आर्थिक संकलन गर्ने लक्ष्य लिइएको छ।
आर्थिक संकलन अभियान केही समय पहिलेदेखि शुरु भएको र हालसम्म ३२ लाख नेपाली रुपिया उठाई नेपाल पठाइसकिएको छ।
लक्ष्य अनुसारको बाँकी रकम संकलन गर्ने अभियान तीब्र रुपमा जारी रहेको मञ्चले जनाएको छ। यसरी विभिन्न देशका नेपाली जनप्रगतिशिल म्ञ्चहरुबाट पठाइएको सहयोगलाई नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)को नेतृत्वमा बनेको केन्द्रिय कोभिड राहत वितरण तथा व्यवस्थापन अन्तर्गत सातै प्रदेशमा स्वास्थ्य सामग्री समुचित तरिकाले वितरण गरिने जनाइएको छ ।
नयाँ नेतृत्व चयन
पार्टीका प्रवास समन्वय कमिटिका अध्यक्ष युवराज चौलागाईको अध्यक्षता र कमिटिका सह–इञ्चार्ज लक्ष्मण पन्तको प्रमुख आतिथ्यतामा सम्पन्न भएको उक्त बैठकमा यूरोपका विभिन्न देशका नेपाली जनप्रगतिशिल मञ्च राष्ट्रिय कमिटिका अध्यक्षहरू, नेपाली जनप्रगतिशील मञ्च यूरोपका निवर्तमान पधाधिकारीहरु उपस्थित रहेका थिए । उक्त बैठकले नेपाली जनप्रगतिशील मञ्च युरोप समितीको संयोजकमा बेल्जियमबाट सुरेन्द्र भुसाल र सचिवमा वेलायतबाट रण बहादुर केसी लाई चयन गरेको छ । त्यस्तै यूरोप समितीमा संयोजक, सचिव र सबै देशका राष्ट्रिय कमिटिका अध्यक्षहरु रहने व्यवस्था गरिएको छ ।
जुम प्रविधिबाट बसेको उक्त बैठकमा नेपाली जनप्रगतिशिल मंच यूरोपका निवर्तमान अध्यक्ष डा कृष्ण अर्याल (नर्वे), उपाध्यक्ष अच्युत फुयाल (स्विस) र महासचिव गङ्गा भुसाल (स्पेन), सल्लाहकारहरु सुरेन्द्र भुसाल (बेल्जियम) र सुरेन्द्र श्रेष्ठ (बेलायत), जिल्ला पार्टी यूकेका अध्यक्ष रण बहादुर केसी, उपाध्यक्ष मान गुरुङ र नेपाली जनप्रगतिशिल मंच यूकेका अध्यक्ष सुरेश गौतम, यूरोप महिला संयोजक सुष्मा भुसाल (बेल्जियम), यूरोप जिल्ला पार्टी बीका अध्यक्ष उदयराज गौतम (डेनमार्क), यूरोपका अन्य देशका नेपाली जनप्रगतिशील मंचका अध्यक्षहरु जीत लामा (बेल्जियम), धर्मराज खतिवडा (अष्ट्रिया), महेन्द्र खड्का (डेनमार्क), राजेन्द्र गौतम (पोर्चुगल), नारायण सुबेदी (भूपू अध्यक्ष पोर्तुगल), रमिला राई (साइप्रस), थानेश्वर गौतम (हल्याण्ड), रामशरण ढकाल (स्वीडेन) लगायत उपस्थित रहेका थिए ।
जनवादी प्रक्रियाबाट व्यापक छलफल गरी बेल्जियम र बेलायतलाई यूरोपको नेतृत्वदायी भूमिका दिने निर्णय गरिएको मञ्चले जनाएको छ। यूरोपको नेतृत्वले एक वर्ष अर्थात २०२२ को जून/जुलाईसम्ममा अधिवेशन सम्पन्न गर्ने जिम्मेवारी पनि सुम्पिएको छ। यसैगरि सोही बैठकले नेपाली जनप्रगतिशिल मञ्च यूकेको संयोजकमा शुरेस गौतम र सचिवमा शेर सिंह ठकुरीलाई जिम्मेवारी प्रदान गरेको छ ।






