लण्डन । गैर आवासीय नेपाली संघ यूकेको आसन्न निर्वाचनमा उपाध्यक्ष पदमा मिडल्याण्डबाट सफल व्यवसायी तथा बौद्धिक व्यक्तित्वका धनी सक्रिय समाजिक अभियन्ता पवन शर्माले उम्मेदवारी घोषणा गरेका छन् ।
एनआरएनमा सम्पूर्ण गैर आवसीय नेपालीहरूको पहुँच पुर्याउने र अपनत्व अनुभूति गराउने उदेश्यका साथ शर्माले उपाध्यक्ष पदमा आफ्नो उम्मेदवारी दिने भएका हुन् ।
यतिबेला युकेका संघसंस्थाहरूसंग समन्वय गर्दै शर्मा आम जनमानसमा गैर अवासीय संघको महत्व दर्शाउँदै सदस्य बनाउने अभियानमा सक्रिय छन्। उम्मेदवारी दर्ता प्रक्रियासंगै उनले आफ्नो विस्तृत योजना र लक्ष गैर आवसीय समुदाय माझ सार्वजनिक गर्ने बताएका छन्।
शर्मिडल्याण्डमा मात्र हैन, एनआरएन अभियानमा नै एक सुपरिचित शर्मा मिडल्याण्डका साझा उम्मेदवार मध्यका एक हुन्।
एनआरएनए युकेको २०१७–१९ कार्यसमितिमा मा उनी मिडल्याण्डको प्रतिनिधित्व गर्दै सदस्य पदमा निर्वाचित भएका थिए। उनका विचार, सल्लाह सुझावले तत्कालीन कार्यसमिति निकै चर्चा र महत्त्व पाएको थियो। उनले एनआरएन युकेको राज्यसमितिहरूको गठनको लागि दबाब महत्वपूर्ण भूमिका खेलेका थिए।
सन २००२ मा अष्ट्रेलियाबाट होटल म्यानेजमेन्टको अध्यन सकाए नेपालीमा केही बर्ष कामको अनुभव संगाल्दै शर्मा २००५ मा युके आएका हुन्।
सन २०१३ मा लण्डन स्कुल अफ बिजिनेस एण्ड फाइनान्स चार्टर्ड एकाउन्टेन्टको अध्यन पूरा गरे लगत्तै उनी होटल तथा रेस्टुरेन्ट व्यवसाय आवद्ध छन्। साथै रिक्रुर्टमेन्ट व्यवसायमा पनि आवद्ध रही नेपाली तथा गैर नेपाली समुदायलाई रोजगारी दिलाउन महत्वपूर्ण योगदान पुर्याउँदै पनि आएका छन्।।
समाजिक सेवामा विशेष केन्द्रित शर्माको समाजिक संघ संस्थाहरूसंग आवद्ध रहेर काम गरेको फेरहिस्त निकै लामो छ।
पिटरबरो नेपाली समाजका पूर्वअध्यक्ष तथा पुर्व ट्रस्टी शर्मा समाजलाई आर्थिक श्रोत जुटाउने अभियन्ता र अवधारणाकारको रूपमा परिचय बनाएका छन् ।
सम्पूर्ण मिडल्याणडलाई एक्यवद्ध गर्ने साझा नेपाली समाजका वर्तमान ट्रस्टी शर्माले साझा नेपाली समाज तथा पिटरबरो नेपाली समाजलाई च्यारिटीमा दर्ता गर्न नेतृत्वदायी भूमिका निर्वाह पनि गरेका थिए। उनले साझा नेपाली समाजमा २०१३–२०१५ सम्म महासचिवको कार्यभार पनि सम्हालेका थिए।
शर्माको समाजिक सक्रियता र संलग्नता मिडल्याण्ड भन्दा बाहिर पनि फैलिएको छ। गैर नाफामूलक संस्था यूके नेपाल फ्रेण्डशिप सोसाइटीका बोर्ड अफ डाइरेक्टर शर्माले यस संस्था मार्फत कोरोना कालमा १० हजार पाउण्डको आर्थिक सहयोग जुटाएर युकेको ग्लोस्टरसायर क्षेत्रमा गोर्खा भेट्रान तथा भल्नरेबल व्यक्तिहरू माझ राहत पुर्याएका थिए।
बुटवल नेपाल मूलघर भएका शर्मा मिडल्याण्डको पिटरबरोमा बसोबास गर्छन्। उनले २०१५ को महाभूकम्प पश्चात पिटरबरो र आसपासमा सहयोग जुटाउन निकै ठूलो भूमिका निभाएका थिए।
महाभूकम्प जस्तो विपदको समयमा काशी शर्माको नेतृत्वमा रहेको शान्ति नेपाली समाजको संयोजन र राजु कंडेलको नेतृत्वमा रहेको साझा नेपाली समाजको सक्रिय संलग्नतामा ४५ लाख रुपैयाँ बराबरको राहत सहयोग जुटाइ गोर्खाको बारपाक गाउँ सम्म पुर्याउन साझा नेपाली समाजको महासचिवको हैसियतमा उनले उल्लेखनीय योगदान पुर्याएका थिए।
नेपालको राजनीति र समाजिक जीवन शैलीमा गहिरो चाख राख्ने र अध्यन गर्ने शर्मा नेपाली कला संस्कृतिमा पनि उत्तिकै चाख राख्छन् र माया गर्छन्।
केही म्यूजिक भिडियोहरूमा पनि अभिनय गरेका शर्माले नेपालबाट बाट नेपाली कलाकारहरूलाई युके आमन्त्रण गरेर आफ्नो नेतृत्व र सहभागीतामा थुप्रै सांगीतिक कार्यक्रमहरूको आयोजना र प्रबर्द्धन गर्ने काम पनि गर्दै आएका छन्।






