देउवा प्यानलमा को-को ?

Sher_Bdr_Deubaकाठमाडौं- १३ औं महाधिवेशनमा नेतृत्व प्रत्यासी शेरबहादुर देउवाले बिहीबार प्यानल घोषणा गर्ने भएका छन् । बिहान ११ बजे पार्टी कार्यालयमा पत्रकार सम्मेलन गरेर प्यानल घोषणा गर्ने तयारी छ ।

निकट स्रोतका अनुसार देउवा सभापति, अर्जुननरसिंह केसी महामन्त्री र चित्रलेखा यादव कोषाध्यक्षकारुपमा उम्मेदवार हुने भएका छन् ।

संस्थापन समूहबाट बुधबार नै रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौलाका अलग अलग प्यानल घोषणा भएका छन् ।