काठमाडौं- ६ दिने भारत भ्रमण पूरा गरि प्रधानमन्त्री केपी शर्मा ओली स्वदेश फिर्ता भएका छन् ।
स्वदेश फर्केलगत्तै त्रिभूवन विमानस्थलमा सञ्चारकर्मीहरुसित बोल्दै प्रधानमन्त्री ओलीले भारत भ्रमणका क्रममा सुस्ता र कालापानीबारे छलफल भएको बताएका छन् । साथै उनले यसबारे आगामी दिनमा टुङ्गोमा पुग्न भारत सकारात्मक रहेको बताए ।
‘कालापानी, सुस्ता जस्ता कतिपय पहिला चर्चा भएका तर नसल्टिएका विषय पनिमा पनि छलफल भएको छ र अगामी दिनेमा टुग्याउने सम्वन्धमा भारतको सकारात्मक दृष्टिकोण छ,’ प्रधानमन्त्रीको भनाइ छ ।
सीमासहित बनाएको बाँध लगायतका विषयमा प्रधानमन्त्री नरेन्द्र मोदीसहित भारतीय नेताहरुसँग छलफल भएको उनले बताए । भारतीय प्रधानमन्त्री मोदीसँग नेपाल भारतको परस्परको सम्मान, हित र मित्रताका आवश्यकता र व्यवहारिक रुपमा कसरी अगाडि लान सकिन्छ भनेर छलफल गरेको उनले बताए ।






