लन्डन । नेपाल पत्रकार महासंघ यूकेका अध्यक्ष चिरन शर्मा सम्मानित भएका छन्।
स्विजरल्याण्डबाट सञ्चालित अनलाईन नेपाल स्वीस डटकमले शर्माले युरोपमा रहेर अनलाईनमार्फत नेपाली पत्रकारितामा योगदान पुरयाएको ठहर गर्दै सम्मान गरेको हो ।
शनिबार स्विजरल्याण्डको जुरिचमा आयोजित एक समारोहमा गैर आबासीय नेपाली संघका प्रमुख संरक्षक जीबा लामिछानेले शर्मालाई सम्मानपत्र सहित दोसल्ला ओढाएर सम्मानित गरे ।
सम्मानपछि पत्रकार शर्माले आाफुमाथि थप जिम्मेबारी बढेको बताए । उनले भने, ‘प्रबासमा रहेर कलम चलाउन आफैमा कठिन छ,तर यो सम्मानले थप जिम्मेबारी बढाएको छ ।’
नेपाल स्विस डटकमले आफ्नो छैटौ बार्षिक उत्सबमा आयोजित सम्मान कार्यक्रममा युरोपबाट कलम चलाएका अर्का पत्रकार बसन्त रानाभाटलाई पनि सम्मान गरेको छ ।
कलाकार तथा सामाजिक अभियन्ताहरुलाई सम्मान गरिएको उक्त कार्यक्रममा एनआरएनए अभियन्ताहरुको बाक्लो उपस्थिति रहेको थियो । गैरआवासीय नेपाली सघका उपाध्यक्ष कुमार पन्त, महासचिब बद्री केसी, यूरोप संयोजक कुल आचार्य, सहसंयोजक प्रेम गुरुग र दावा शेर्पा लगायत कार्यक्रममा उपस्थित थिए ।






