अपडेट : बेलायतको म्यानचेस्टर बिस्फोटमा २२ को मृत्‍यु , ५९ घाइते

areanaलन्डन- म्यान्चेस्टर सहरको सांगितिक कन्सर्टमा बम विष्फोट हुँदा कम्तिमा २२ जनाको मृत्यु भएको छ। घटनामा कम्तिमा ५९ जना घाइते भएको बीबीसीले जनाएको छ।

दुर्घटनामा ज्यान गुमाउनेहरुप्रति ब्रिटेनकी प्रधानमन्त्री टरिजा मेले सहानुभूति प्रकट गरेकी छन्। उनले घटनालाई २१औं शताब्दीको आतंकवादी क्रियाकलापको पराकाष्ठा भएको बताएकी छन्। घटनाको छानबिन गर्न उनले उच्चस्तरीय टोली गठन गर्न निर्देशनसमेत दिएकी छन्।

म्यान्चेस्टर एरिनामामा आयोजित कार्यक्रममा एक अमेरिकी गायिकाले आफ्नो प्रस्तुती दिइरहेका बेला बम विष्फोट गराइएको थियो। विष्फोटपश्चात् सांगीतिक माहोलमा सन्नटा छाएको थियो।

शक्तिशाली विष्फोटले आसपासका भौतिक संरचनासमेत हल्लिएको बीबीसीले उल्लेख गरेको छ। प्रहरी अनुसन्धानमा शंकास्पद वस्तुहरु फेला परेको छ। प्रहरीले घटनास्थललाई घेराबन्दी गरी अनुसन्धान थालेको छ।

बीबीसी संवाददाता टम मुलेनका अनुसार घटनास्थलमा धेरै संख्यामा सुरक्षाकर्मीहरुको सहभागीता रहेको छ। सर्वसाधारणलाई घटनास्थलमा प्रवेशका लागि निषेध गरिएको छ भने अनुसन्धानका लागि घटनास्थलको क्षेत्र विस्तार गरिएको छ।

कन्सर्टमा अधिकांश किशोर किशोरीहरुको उपस्थिति थियो।