मदन भण्डारी एमालेको मात्र नभई जनताको नेता हुन् :प्रधानमन्त्री

kp oli 6काठमाडौं, असार १४ । प्रधानमन्त्री केपी शर्मा ओलीले स्वर्गीय मदन भण्डारी एमालेको मात्र नभई जनताको नेता भएको बताएका छन् ।

मदन भण्डारी मेमोरियल कलेजको बार्षिकोत्सवको काठमाडौंमा उद्घाटन गर्दै उनले भण्डारी बैज्ञानिक र नयाँ चिन्तक रहेको बताए ।

जननेताको नाममा शिक्षालय खोल्नु उनीहरुप्रतिको सम्मान भएको भन्दै प्रधानमन्त्री ओलीले अहिले पनि भण्डारीको दर्शन सिद्धान्त उत्तिकै महत्वपूर्ण रहेको बताए ।

नेपाली राजनीतिमा भण्डारीको विचारको खडेरी परेको भन्दै उनको विचार आत्मसाथ गर्न सके उनीप्रतिको सच्चा श्रद्धाञ्जली हुने बताए ।

कार्यक्रममा राष्ट्रिय शिक्षा पत्रकारिता पुरस्कारबाट पत्रकार एवं प्राध्यापक पी खरेलसहित कलेजमा उत्कृष्ट अंक ल्याउने विद्यार्थीहरुलाई प्रधानमन्त्री ओलीले सम्मानित गरेका थिए ।