लन्डन । पर्वत वेलफेयर सोसाइटी यूकेले आफ्नो २० औं वार्षिकोत्सव विविध सांस्कृतिक कार्यक्रम सहित मनाउने व्यापक तयारी गरेको छ ।
आउंदो अगष्ट २१ तारिख आइतबार दिउसो अल्डरसटस्थित एम्पायर हलमा कार्यक्रम गर्ने तयारी भइरहेको उपाध्यक्ष सुरज पौडेलले बताए ।
कार्यक्रममा नेपालबाट आएका ख्याति प्राप्त कलाकारहरुको उपस्थितिमा सांस्कृतिक कार्यक्रम, दिदीबहिनीका लागि तीज गीत तथा नाचगान र रात्री भोज व्यवस्था गरिएको वरिष्ठ उवाध्यक्ष विनोद पुरी एबम उपाध्यक्ष अप्सरा गुरुङ बताए ।
अध्यक्ष नेत्र आलेले उक्त कार्यक्रममा बेलायतवासी पर्वतेली तथा गैर पर्वतेली सबैमा सहभागिताका लागि आमन्त्रण गरेका छन् ।
पर्वत वेलफेयर सोसाइटी यूकेले नेपाल र बेलायतमा आईपर्ने प्राकृतिक प्रकोप तथा अन्य परोपकारी काममा उदाहरण र उत्प्रेरणाको रुपमा चर्चा पाउने गरेको छ ।







